Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाबाट थप २८ जनाको मृत्यु

कोरोनाबाट थप २८ जनाको मृत्यु


काठमाडौं ।
कोभिड–१९ को कारण नेपालमा बुधबार थप २८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबारबाट कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय ८९ पुगेको छ । नेपालमा कोरोनाको निको हुने दर ९२ प्रतिशत पुगेको छ । बुधबार नौ हजार दुई सय १० जनाको परीक्षण गर्दा एक हजार नौ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । त्यसमा एक हजार एक सय ७४ जना पुरुष र सात सय ७४ जना महिला छन् । बुधबार एकै दिन तीन हजार एक सय ४० जना कोरोनाबाट निको भएका छन् ।

नेपालमा १६ लाख ९० हजार पाँच सय नौ जनाको कोरोना परीक्षण भइसकेको छ । पछिल्लो समयमा सरकारले निःशुल्क कोरोना परीक्षण गरेको छ । काठमाडौं महानगरभित्र घुम्ती टोलीले पनि परीक्षण सुरु गरेको छ । बुधबार प्रदेश १ मा तीन सय ८९ जना, प्रदेश २ मा एक सय छ जना, वाग्मती प्रदेशमा एक हजार १३ जना, गण्डकी प्रदेशमा एक सय ८० जना, लुम्बिनी प्रदेशमा दुई सय १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा ४४ जना कोरोनाबाट संक्रमित भएका छन् ।

कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र आठ सय ३५ जना संक्रमित भएका छन् । त्यसमा पुरुष चार सय ८५ जना र महिला तीन सय ५० जना संक्रमण भएका छन् । बुधबारसम्म काठमाडौंमा सात हजार छ सय ६० जना, भक्तपुरमा पाँच सय ८० जना र ललितपुरमा एक हजार चार सय ९९ जना सक्रिय संक्रमित छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया