परिमार्जनसहितको १० र पाँच रुपैयाँ दरको नोट चलनचल्तीमा
काठमाडौं ।
परिमार्जनसहितको १० र पाँच रुपैयाँ दरको नोट चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुुधबारबाट गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षरसहितको नोट बजारमा आएको हो । साबिककै आकार,प्रकार र रंगमा केही परिमार्जन गरी नोट प्रचलनमा ल्याइएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जानकारी दिएको छ ।
साबिकै आकार तथा रंगमा १० रुपैयाँ दरको नोटमा संकेत नम्बर ढ/८२०००००१ देखि द/४५ ९९९९९९ सम्म नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० (रुपैयाँ दश) तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश छ । यो नोटको विशेषतामा नोटको अग्रभागमा सगरमाथाको चित्र, नोटको दायाँतर्फ लालीगुराँसको पानीछाप, नोटमा गभर्नरको दस्तखत रहने स्थानमा महाप्रसाद अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा सेरिज नम्बर वि.सं. २०७६ लेखिएको छ । यसैगरी नोटको पृष्ठभागअन्तर्गत नोटको मध्यभागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ । नोटको मध्यभागमा कृष्णसारको चित्र, नोटको तल्लो भागको बोर्र्डरमा अंग्रेजीमा रुपिज टेन र नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्ब अंग्रेजीमा २०२० ए.डी लेखिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसैगरी साबिककै आकार तथा रंगमा पाँच रुपैयाँ दरको नोटमा संकेत नम्बर थ/३४०००००१ देखि न/५४ ९९९९९९ सम्म नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ ‘भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५ (रुपैयाँ पाँच) तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश छ । उक्त नोटको अग्रभागमा सगरमाथाको चित्र, नोटको दायाँतर्फ लालीगुराँसको पानीछाप, नोटमा गभर्नरको दस्तखत रहने स्थानमा महाप्रसाद अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा सेरिज नम्बर वि.सं. २०७६ लेखिएको छ ।
नोटको पृष्ठभागअन्तर्गत नोटको मध्यभागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, नोटको मध्यभागमा वन्य याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र, नोटको तल्लो भागको बोर्र्डरमा अंग्रेजीमा रुपिज फाइभ र नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा २०२० ए.डी लेखिएको छ । यी दुुवै नोटहरु बुधबारबाट चलनचल्तीमा पठाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
- स्वार्थैस्वार्थको बीचमा निःस्वार्थता खोज्नु नै जीवन हो
- अपराधलाई संरक्षण गर्ने गलत अभ्यास
- आज फेरि बढ्यो सुनको मूल्य
- प्रहरीद्वारा भन्सार छली भित्र्याइएका सामान बरामद
- चापाकोटमा भएको बम विस्फोटमा गोविन्द पुरी पक्राउ
- गृहमन्त्री रमेश लेखकबाट ई–चलान (डिजिटल चिट) को शुभारम्भ
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया