भ्रष्टाचार सम्बन्धमा २०७७ साल जेठदेखि असोजबीचको चार महिनामा १७ वटा एसियाली मुलुकमा गरेको सर्वेक्षणको आधारमा ट्रान्सपरेन्सी इन्टरनेशनलले तयार पारिएको ग्लोबल करप्सन ब्यारोमिटर २०२० भन्ने रिपोर्ट भर्खर प्रकाशित भएको छ । चीन, भारत, जापान, नेपाललगायतको १७ वटा मुलुकमा जम्मा तीन अर्ब ८७ करोड जनसंख्यामध्ये २० हजार नागरिकहरुको मात्र राय, उत्तर वा पर्सेप्सन संकलन गरेर तयार पारेको यस रिपोर्टलाई कुन रुपमा लिने भन्ने एक प्राज्ञिक बहसको विषय हुनसक्छ ।
उक्त रिपोर्टमा १७ वटै मुलुकमा भ्रष्टाचारबारे जनताको प्रत्यक्ष अनुभव दह्रो र चिन्ताजनक छन् र तत्कालै समन्वयात्मक कारबाही जरुरी भएको उल्लेख गरिएको छ । सर्वेक्षणमा भाग लिएका ती २० हजार व्यक्तिहरुमध्ये नेपालमा कति जनाको अनुभव संकलन गरेको होला एक अनुमानको विषय मात्र हुनसक्छ । तर, भ्रष्टाचारसम्बन्धी विभिन्न विषयमा १७ वटा मुलुकबीच गरिएको तुलना निकै रोचक मात्र होइन उपयोगी पनि देखिन्छ ।
उक्त सर्वेक्षणको निचोडअनुसार गत १२ महिनामा भ्रष्टाचार झन् बढ्यो भन्नेहरु सबैभन्दा बढी ५८ प्रतिशत नेपालमा रहेछन् । तर, रोचक कुरा के छ भने गत एक वर्षमा सरकारी संयन्त्रमा घुस खुवाएर काम गराएको भन्नेहरु १९ प्रतिशतभन्दा कम भएको नौवटा मुलुकमध्ये नेपालमा १२ प्रतिशत मात्र भएर तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ । बाँकी ८ वटा मुलुकहरुमा २० देखि ३७ प्रतिशतले घुस खुवाएर काम सम्पन्न गरेको तथ्यांकले देखाएको छ ।
त्यसैगरी सरकारी संयन्त्रभित्र हुने भ्रष्टाचार एक ठूलो समस्या हो भनी जवाफ दिनेहरु नेपालमा ८४ प्रतिशत भए पनि अन्य सातवटा मुलुकमा यो प्रतिशत नेपालभन्दा बढी रहेछ । रिपोर्टको अर्को एक आश्चर्यजनक निचोड के छ भने भ्रष्टाचारको सामना गर्ने क्रियाकलापमा सरकारले ठीकै गरिरहेको भन्नेहरु नेपालमा ६२ प्रतिशत रहेछन् र अन्य ८ वटा मुलुकमा योभन्दा कम प्रतिशत भएर नेपाल आठौं राम्रो तथ्यांक भएको मुलुकमा परेको छ ।
नेपालमा भ्रष्टाचार चरम सीमामा पुगेको भयावह स्थिति भएको भनी व्यापक प्रचारप्रसार भइरहेको वर्तमान परिवेशमा यसखालको तथ्यांकहरु ट्रान्सपरेन्सी इन्टरनेशलजस्तो प्रतिष्ठित र विश्वसनीय संस्थाले बाहिर ल्याएकोलाई हाम्रा बुद्धिजीवी र विश्लेषकहरुले एक थप बहसको विषय बनाउनु उचित होलाजस्तो देखिन्छ । अर्को एक उल्लेखनीय कुरा के छ भने भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरुले गरिरहेको कामकारबाही ठीकै छ भन्नेहरु नेपालमा ८४ प्रतिशत छन् र यो मामिलामा नेपालले तेस्रो स्थान लिन सफल भएको छ । यस अर्थमा एसियाको १७ वटा मुलुकमा नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बोर्डथर्डमा उत्तीर्ण भएको मान्नुपर्ने हुन्छ ।
एक विरोधाभासको कुरा के छ भने दुई महिनाअघि मात्र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल च्याप्टरको प्रमुखले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुको कार्यक्षमता र इमानदारितामा मात्र होइन नियतमा पनि गम्भीर प्रश्नहरु उठेका छन्’ भनी गम्भीर आरोप लगाएका थिए । नेपालस्थित उक्त संस्थाको प्रमुखले हेडक्वार्टरबाट जारी गरेको तथ्यांकसँग बाझिने गरी दिएको उक्त धारणा सम्बन्धमा स्पष्ट पार्नु उचित हुन्छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको यो रिपोर्टले मुलुकको आर्थिक प्रगतिमा भ्रष्टाचारले कतिको भूमिका खेल्छ भन्ने विषयमा एक गम्भीर प्रश्न उठेको छ । रिपोर्टमा दर्शाएको सम्पूर्ण तथ्यांकहरुमा नेपालले हासिल गरेको प्राप्तांकहरु एसियाको १७ वटा मुलुकको औसत अंकको हाराहारीमा भएको र कुनै कुनैमा औसतभन्दा राम्रो भएको पाइएका छन् । तर १६ वटै मुलुकहरु (भारत, चीन, मलेसिया, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, माल्दिभ्स, बंगलादेश, श्रीलंका, क्याम्बोडिया, भियतनाम, म्यानमार, ताइवान, मंगोलिया, दक्षिण कोरिया र जापान)को तुलनामा आर्थिक विकासमा नेपाल पछि पर्दै गएको विभिन्न ग्लोबल संस्थाहरुबाट प्रकाशित हुने रिपोर्टहरुबाट प्रमाणित भइसकेको छ । अतः अन्य मुलुकहरुको गतिमा नेपालले प्रगति गर्न नसकेको कारणहरुमा भ्रष्टाचारबाहेक अरु के कस्तो कारणहरु छन् भन्नेमा अध्ययन विश्लेषण गरी समस्याको जड पत्ता लगाउन राजनीतिज्ञ र कर्मचारीतन्त्र अविलम्ब लाग्नुप-यो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया