Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअनधिकृत रुपमा बैंकबाट रकम रकमान्तर गर्ने घले पक्राउ

अनधिकृत रुपमा बैंकबाट रकम रकमान्तर गर्ने घले पक्राउ


काठमाडौं ।
कृषि विकास बैंकको न्युरोड शाखा घोटाला प्रकरणका फरार प्रतिवादी खम्ब घले पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले टोलीले कृषि विकास बैंकको सूचना प्रणालीमा अनधिकृत पहुँच राखी रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका धादिङ रुबिभ्याली गाउँपालिका १ बस्ने ५४ वर्षीय घलेलाई आइतबार बेलुका पक्राउ गरेको हो ।

कृषि विकास बैंक मुख्य कार्यालय तथा शाखा कार्यालय न्युरोडबाट आपराधिक समूहका व्यक्तिहरूले संगठित रुपमा बैंकको वित्तीय प्रणालीमा अनधिकृत पहुँच राखी विभिन्न व्यक्तिहरूको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानि/नोक्सानी पु-याउने कार्यमा संलग्न रही फरार रहेका घलेलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार २०७६ असोज ७ गते कृषि विकास शाखा कार्यालय न्युरोडमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर भएको रकमबाट नौ लाख ५० हजार रुपैयाँ भुक्तानी लिएको, श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेको अवस्थामा सिस्टम चेक गर्दा सुनिता समेतका व्यक्तिहरूको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानि/नोक्सानी पु-याएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले अनुसन्धान गर्दा २०७६ असोज ७ गते श्रवन कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जा समेतलाई पक्राउ गरी उनीहरूलाई संगठित अपराध समेतका कसुरमा अनुसन्धान कारबाहीको लागि परिसर पठाइएको थियो । घलेलाई संगठित अपराध समेतका कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला अदालत काठमाडौं पठाइएको महाशाखाले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया