Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहासंघमा पदभार ग्रहण

महासंघमा पदभार ग्रहण


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सोमबार एक विशेष समारोहका बीच अध्यक्षको पदबहाली गरेका छन् । पदबहाली गर्दै अध्यक्ष गोल्छाले आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेकाले सचिवालयबाट सोहीअनुसारको अपेक्षा आफूले गरेको बताए ।

पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरू निश्चित कार्य अवधिका लागि निर्वाचित भएर आउने तर कर्मचारीहरू भनेका स्थायी संरचना भएकाले सचिवालयलाई प्रोफेसनल रूपमा सञ्चालन गरी सचिवालयले दिने सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने आफ्नो कार्ययोजना रहेको उनले बताए । सचिवालयलाई पूर्णरुपमा सुदृढीकरण गर्ने आफ्नो मुख्य प्राथमिकता रहेकाले सोहीअनुसार वातावरण निर्माण गर्ने, कर्मचारीहरूको वृत्ति विकास, सचिवालयको प्रभावकारी सञ्चालन, सेवा सुविधालगायतमा पनि ध्यान दिई समग्रमा महासंघ सचिवालयलाई एक प्रोफेसनल अर्गनाइजेसनका रूपमा सञ्चालन गर्ने उनले स्पष्ट पारे ।

राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने आफ्नो मुख्य लक्ष्य र उद्देश्य रहेकाले आफूले अगाडि बढाएका कार्ययोजनालाई प्रभावकारी रूपमा सम्पादन गर्न उनले कर्मचारीहरुलाई आग्रह गरे । कार्यक्रममा महासंघका नवनिर्वाचित उपाध्यक्ष (जिल्ला/नगर) दिनेश श्रेष्ठ, कार्यकारिणी समितिका सदस्य अरुणराज सुमार्गीको पनि उपस्थिति रहेको थियो । महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठको नेतृत्वमा महासंघ सचिवालयका सम्पूर्ण कर्मचारीहरूले अध्यक्ष गोल्छालाई स्वागत गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया