राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज बुुधबार ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्म वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुुवित्त वित्तीय संस्था समेतले खरिद गर्नसक्ने गरी उक्त निक्षेप उपकरण जारी गर्न लागिएको हो । बिक्री गरिने उपकरणको परिपक्व हुुने अवधि २८ दिन तोकिएको छ भने सावाँ तथा व्याज भुक्तानी अवधि २०७७ पुस १५ गते तोकिएको छ । खरिदकर्ताहरुले घटीमा पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार खरिद गरिएको उपकरण नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोकोरुपमा पनि राख्न सकिनेछ । खरिद गरिएको उपकरण सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको लगानी पोर्टफोलियो हुुने भएकाले यो रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइनेछैन । तर राष्ट्र बैंकको निर्देशनबमोजिम कायम गर्नुपर्ने तरलता अनुपातमा गणना गर्न पाइनेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सत्ताइस वर्षदेखि खानेपानी योजना अधुरै
- मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेटवार्ता
- कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
- सौर्य विद्युत् परियोजनामा ग्लोबल आइएमई बैंकले कर्जा लगानी गर्ने
- २६ सय ३९ बिन्दुमा खुम्चियो शेयर बजार
- सात करोड लगानीमा सामाखुसी यातायातद्वारा १५ बस सञ्चालन
- खानेपानी मन्त्रालयको सय दिने कार्यप्रगति
- भारतको अटोमोबाइल निर्यात १४ प्रतिशत बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया