Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंक्रमितभन्दा संक्रमणमुक्त हुने बढी

संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी


काठमाडौं ।
बुधबार एक हजार चार सय ९० जना कोरोना संक्रमित हुँदा एक हजार ५ सय ६७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएकाले सक्रिय संक्रमितको संख्यामा पनि कमी आएको छ । बुधबार संक्रमणमुक्त भएका एक हजार ५ सय ६७ समेत गरी दुई लाख १८ हजार १ सय ६१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबारसम्म कोरोनाको संक्रमणबाट निको हुने दर ९२ दशमलव तीन प्रतिशत रहेको छ । बुधबार थपिएका संक्रमितमध्ये पुरुष ९ सय २५ र महिला ५ सय ६५ रहेका छन् ।

बुधबारसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ४७ पुगेको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणमध्ये संक्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । योसँगै जम्मा संक्रमितको संख्या दुई लाख ३६ हजार २ सय ४६ पुगेको छ । काठमाडौँ उपत्यकामा बुधबार ७ सय २३ संक्रमितको थप भएका छन् । काठमाडौँ जिल्लामा ५ सय ३१, ललितपुर ६१ र भक्तपुर ५८ नयाँ संक्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा थपिएका संक्रमितमध्ये ३ सय ९८ पुरुष र ३ सय २५ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा छ हजार ६ सय ५०, ललितपुरमा एक हजार ४ सय ४ र भक्तपुरका ५ सय ७५ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी आठ हजार ३ सय नमूना परीक्षण भएको थियो । हालसम्म १७ लाख ५४ हजार ६ सय ३० नमूना परीक्षण भइसकेको छ । सक्रिय संक्रमितमध्ये हाल १० हजार ७ सय ४१ होम आइसोलेसन र पाँच हजार ८ सय ६ संस्थागत आइसोलेसनमा रहेका छन् । देशभरमा गरी बुधबार ३ सय ६५ संक्रमित आईसीयूमा छन् । मन्त्रालयले बढी भीड हुने किसिमका सेवा तथा कार्य अझै १५ दिनका लागि रोकिने बताएको छ । सिनेमा घर, रात्रि व्यवसाय, अरू भीडभाड हुने स्थान, सभा, सम्मेलन, जुलुसलगायतलाई रोकिँदै आएकामा निरन्तरता दिन लागिएको हो ।

थप नौ जनाको मृत्यु : पछिल्लो २४ घण्टामा कोभिडका कारण थप नौ जनाको मृत्यु भएसँगै देशभरमा संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ५३८ पुगेको छ । जम्मा संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत हो । यो संख्या प्रतिदश लाख पोजिटिभमा ५२ दशमलव सात हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया