डेबिट कार्डबाट मात्र एक महिनामा चार अर्ब ९१ करोडको रुपैयाँ भुक्तानी
काठमाडौं ।
विश्व महामारी कोरोना संक्रमणका कारण बैंकिङ क्षेत्रमा विद्युुतीय भुक्तानी कारोबार उल्लेख्य बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार महामारी, विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबार वृद्धि भएको हो ।
विद्युुतीय भुक्तानी कारोबारअन्तर्गत चालू आर्थिक वर्षको असोजमा मात्र ५९ लाख ५२ हजार छ सय ९३ पटकको डेबिट कार्डको प्रयोगबाट चार अर्ब ९१ करोड नौ लाख रुपैयाँको कारोबार भएको छ । सोही अवधिमा एक लाख २८ हजार चार सय ६० पटकको क्रेडिट कार्डको प्रयोगमार्फत सात करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । यस अवधिमा प्रिपेड कार्डमार्फत भने सात हजार सात सय छ पटकमा ५८ लाख रुपैयाँ बराबरको रकम कारोबार भएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तमा दुुई लाख ७५ हजार नौ सय ३३ पटकको इन्टरनेट बैंकिङमार्फत ६३ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ । सो अवधिमा ७८ लाख ५० हजार एक सय ५४ पटकको मोबाइल बैंकिङमार्फत दुुई अर्ब ८८ करोड चार लाख रुपैयाँको कारोबार भएको छ । यसैगरी शाखारहित बैंकिङ कारोबारअन्तर्गत भने ४७ हजार छ सय ५० पटकको कारोबारमा १० करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा वालेटमार्फत भने एक करोड एक लाख ७५ हजार नौ सय ६२ पटकको कारोबारमा ९८ करोड ८३ लाख रुपैयाँको काराबार भएको छ ।
नेपाली बैंकिङ क्षेत्रमा डेबिट कार्ड प्रयोगकर्ताहरूको संख्या ७३ लाख २९ हजार दुुई सयको हाराहारीमा छ । सोमध्ये वाणिज्य बैंकहरूमा डेबिट कार्ड प्रयोगकर्ताहरूको संख्या ७० लाख ६२ हजार चार सय ७२ रहेको छ भने विकास बैंकहरूमा यस्तो संख्या दुुई लाख ३१ हजार दुुई सय ८७ रहेको छ । यसैगरी फाइनान्स कम्पनीहरूमा भने डेबिट कार्ड प्रयोगकर्ता ग्राहकहरूको संख्या ३५ हजार चार सय ४३ रहेको छ ।
क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकको संख्या भने एक लाख ६० हजार तीन सयको हारामारीमा रहेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरूमा भने क्रेडिट कार्ड प्रयोगकर्ताहरूको संख्या शून्य रहेको छ । राष्ट्र बैंकका अनुसार प्रिपेड कार्ड प्रयोगकर्ताहरूको कुल संख्या भने नेपाली बैैंकिङ क्षेत्रमा ६३ हजार सात सय ७५ रहेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरूमा भने प्रिपेड कार्ड प्रयोगकर्ता ग्राहकहरूको संख्या शून्य रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया