Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुविधासम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास

सुविधासम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास


खोटाङ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ६ मा सुविधासम्पन्न स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तीन करोड रूपैयाँबराबरको लगानीमा पाँच श्ययाको उक्त भवन बुधबार शिलान्यास गरिएको हो । एक कार्यक्रमका बीच नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईले संयुक्तरूपमा बुधबार उक्त भवनको शिलान्यास गरेका हुन् । लामो समयको प्रतीक्षापछि वडामा भवन निर्माणको शिलान्यास भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

वडामा मेनपावर भएपनि भौतिक पूर्वाधार र उपकरण नहुँदा यहाँका बासिन्दा अलि ठूलो स्वास्थ्य समस्या हुनेबित्तिकै ओखलढुङ्गा वा सदरमुकाम दिक्तेल जानुपर्ने बाध्यता अब हट्ने वडाध्यक्ष रमेश राउतले बताए । भवन निर्माणको लागि साबिकको वडा नम्बर ३ स्थित खसिनडाँडामा स्थानीय समजसेवी किताबसिंह राई, सन्तसरी राई र श्यामकुमारी राईले ५ रोपनी जग्गा उपलब्ध गराएका छन् । शिलान्यास गरिएसँगै २० जनाभन्दा बढी कामदारले बुधबारबाटै भवन निर्माणको काम थालनी गरेका छन् । भवन एक वर्षभित्र नै निर्माण सम्पन्न गरी वडालाई जिम्मा लगाइने निर्माण कम्पनीले जनाएको छ । पाँच श्ययासहितको १० कोठे सुविधासम्पन्न भवन निर्माणको जिम्मा न्यू टेक्निकल कम्पनीले पाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया