भारत पलायन भएका व्यवसायी जैनको फर्मद्वारा निर्बाधरूपमा आयातनिर्यातको कारोबार
विराटनगर ।
विराटनगर महानगरपालिकाको जहदा रोडमा सुरेशकुमार जैनले सञ्चालन गरेको विशाल जर्दा उद्योग र विशाल केमिकलमा राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय सुनसरीले नक्कली भ्याटबिल प्रकरणमा छापा मारेपछि उद्योग नै बन्द गरी भारत पलायन भएका उद्योगीले धेरै वर्षपछि फेरि विराटनगरमा कारोबार सुरु गरेका छन् ।
करिब १५ वर्ष अगाडि उक्त उद्योगमा राजस्व अनुसन्धान कार्यालय सुनसरीले नक्कली भ्याटबिल प्रकरणमा छापा मारी करिब १० बोरा कागजात नियन्त्रणमा लिएको थियो । राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय सुनसरीको टोलीले सोही बेला उक्त उद्योगलाई सिलबन्दी गरी अदालतमा मुद्दा समेत चलाएको थियो । उक्त घटनापछि विशाल जर्दा उद्योगका सञ्चालक सुरेशकुमार जैन भारतको जयपुरमा आफ्नो कारोबार गर्दै आएका थिए ।
विशाल केमिकलका सञ्चालक भवानी बोहोरा विराटनगरमा नै बसी अदालतमामा मुद्दा बोकिरहेका थिए । केही वर्षअघि विशाल केमिकलका सञ्चालक भवानी बोहोरालाई अदालबाट फैसला भई सफाइ दिएको थियो । तर जैनको हकमा जरिवाना गरेपछि उनी भारतमै बसी आफ्नो व्यवसायी गर्दै आएको व्यवसायी स्रोतले बताएको थियो । पछिल्लो समय अर्थात् २०६१ सालतिर नै सुरेशकुमार जैनले दर्ता गराएको सुस्वनी ट्रेडिङ कम्पनीले केही वर्षअघिबाट मात्र एक्सपोर्ट इम्पोर्टको काम थालेका थिए । साथै अहिले उनको कारोबार शंकाको घेरामा परेको राजस्वस्रोतले बताएको छ ।
आन्तरिक राजस्व कार्यालय विराटनगरबाट २०६१ सालमा नै सुस्वनी ट्रेडिङ कम्पनीले ३०१६४२७४१ मा भ्याट समेत सुरेशकुमार जैनको नाममा दर्ता कायम रहेको राजस्वस्रोतले बताएको छ । तर उनी आफू भारतको जयपुरमा बसी कारोबार गर्न थालेपछि उनका सहोदर भाई अनिलकुमार जैनले उक्त फर्मको नामबाट कारोबार गर्नेगरेका छन् । उक्त सुस्वनी ट्रेडिङ कम्पनीले गत आर्थिक वर्षमा तीन करोड २५ लाखको मात्र कारोबार देखाएर एक लाख १५ हजार आयकर बुझाएपछि सञ्चालक अनिलकुमार जैन पनि अनुसन्धानको घेरामा पुगेको राजस्वस्रोतले दाबी गरेको छ ।
सुनसरी मोरङ औद्योगिक करिडोरका एक उद्योगीले केही व्यवसायीका कारणले गर्दा व्यापार सञ्चालन गर्न पनि नसकिने अवस्था आएको बताए । सरकारले त्यस्ता व्यवसायीलाई कडाभन्दा कडा कानुन ल्याएर कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो । उनले त्यस बदनामी व्यवसायीका कारण अब देशमा व्यवसाय गर्ने कि नगर्ने भन्ने दोधारको अवस्था आएको भन्दै गुनासो व्यक्त गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सत्ताइस वर्षदेखि खानेपानी योजना अधुरै
- मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेटवार्ता
- कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
- सौर्य विद्युत् परियोजनामा ग्लोबल आइएमई बैंकले कर्जा लगानी गर्ने
- २६ सय ३९ बिन्दुमा खुम्चियो शेयर बजार
- सात करोड लगानीमा सामाखुसी यातायातद्वारा १५ बस सञ्चालन
- खानेपानी मन्त्रालयको सय दिने कार्यप्रगति
- भारतको अटोमोबाइल निर्यात १४ प्रतिशत बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया