Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविकास निर्माणमा रहेको समस्या पहिचान गर्न सकिए समाधान त्यहीँ भेटिन्छ : मन्त्री नेम्वाङ

विकास निर्माणमा रहेको समस्या पहिचान गर्न सकिए समाधान त्यहीँ भेटिन्छ : मन्त्री नेम्वाङ


काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले विकास निर्माणमा देखिएका समस्या मिहिनरूपमा पहिचान गर्न सकिए समाधान त्यहीँ भेटिने बताएका छन् । आव ०७७/७८ को प्रथम चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा उनले समस्याको सही रूपमा उजागर हुन नसके समाधान पनि नहुने बताए । भौतिक पूर्वाधार मुलुकको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै उनले यस क्षेत्रमा ठूलो बजेट हुनु र खर्चको अपेक्षा गरिनु पनि स्वाभाविक रहेको बताए । पूर्वाधार निर्माणले आर्थिक विकासमा ठूलो भूमिका खेल्ने उनको भनाइ छ ।

मन्त्री नेम्वाङले पूर्वाधार निर्माणको क्षेत्रमा विगत एक दशकमा ठूलो परिवर्तन भएको उल्लेख गर्दै जिम्मेवार निकायमा रहने अधिकारीहरूमा पनि त्यहीअनुसार जिम्मेवारी र लगनशीलतामा परिवर्तन आउनुपर्ने बताए । परिवर्तित अवस्थामा सबै कुराहरूलाई परिवर्तन गरेर जाँदा आशातित प्रतिफल प्राप्त हुने उनको भनाइ थियो । उनले राज्य र जनताका अपेक्षा असाध्यै धेरै भएकाले राज्यको जिम्मेवार निकायमा बसेकाहरूले स्वमूल्याङ्कन गर्नुपर्ने बताए ।

तुलनात्मकरूपमा गतवर्षको भन्दा राम्रो प्रगति देखिए पनि सन्तोष हुन सकिने अवस्था नरहेको उनले बताए । मातहतका निकायलाई गम्भीर समीक्षा गर्न निर्देशन दिँदै उनले भने, ‘धेरै गर्न सकिन्छ । त्यसको लागि मिहिनरूपमा समीक्षा गरिनु पर्छ । समस्याहरू के–के छन् व्यवस्थापन गर्नुपर्छ ।’ साथै उनले समयअनुसार विकासको माग र मोडेल फरक हुने बताए ।

‘हिजो एउटा कालोपत्रे थियो आज छ लेनको बाटोको माग हुन थालेको छ । हिजो पहाडैपहाड, डाँडामाथि चढ्ने र ओरालो झर्ने बाटो थियो, आज सुरुङको आवश्यकता भएको छ’, उनले भने । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले भौतिक पूर्वाधार क्षेत्र महत्वपूर्ण रहेको उल्लेख गर्दे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय फिल्डमा काम भएको मन्त्रालय भएको र सोहीअनुसार काम पनि गरेको दाबी गरे । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले मातहतका निकायलाई थप इफोर्ट लगाउन निर्देशन दिए । उनले आयोजना प्रमुखहरूलाई कार्यस्थलमा समय दिन समेत निर्देशन दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया