Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारथप एक हजार २४ जनामा कोरोना, १० जनाको मृत्यु

थप एक हजार २४ जनामा कोरोना, १० जनाको मृत्यु


काठमाडौं ।
शनिबार एक हजार २४ जना कोरोना संक्रमित थपिएका छन् । छ हजार ७४ नमूना परीक्षण गर्दा उक्त संख्या थप भएको हो । सङ्क्रमण पुष्टि हुनेमा छ सय २२ पुरुष र चार सय दुई जना महिला छन् । कुल सङ्क्रमित दुई लाख ३९ हजार आठ सय ८५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार यस अवधिमा दुई हजार दुई सय छ जना कोरोनामुक्त भएका छन् । योसहित कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख २४ हजार ५३ पुगेको छ । कोरोना सङ्क्रमणबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार पाँच सय ७७ पुगेको छ ।

हाल देशभर १४ हजार दुई सय ५५ सक्रिय सङ्क्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । त्यसमध्ये ४५ जना भेन्टिलेटर, तीन सय १२ जना आईसीयू र नौ हजार दुई सय ६३ जना घरमै एकान्तवासमा छन् । काठमाडौं उपत्यकामा चार सय ६० सङ्क्रमित थपिएका छन् । जसमध्ये काठमाडौँका तीन सय ४९, ललितपुरका ६५ र भक्तपुरका १८ जना छन् । नुवाकोटका ४६, कास्कीका ४५, रुपन्देहीका ४१, झापाका ३९, अछामका ३५, कैलालीका ३३, काभ्रेपलाञ्चोकका २९, सुनसरीका २८, बाँकेका २०, धनुषाका १८, कञ्चनपुरका १७, पर्सा, मकवानपुर र लमजुङका १५/१५, सिन्धुली र बाग्लुङका १४/१४, चितवन, कपिलवस्तु, दाङ र बझाङका ११/११, तनहुँ र बर्दियाका नौ/नौ, धादिङका आठ, दोलखाका सात र इलामका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी नवलपरासी र पाल्पाका पाँच÷पाँच, मोरङ, सोलखुम्बु, सिराहा, स्याङ्जा, जुम्ला, डडेल्धुराका चार/चार, सर्लाही, दैलेख, दार्चुला र बैतडीका तीन/तीन, ताप्लेजुङ, बारा, महोत्तरी, रौतहट, सप्तरी, सिन्धुपाल्चोक, नवलपुर, पर्वत, म्याग्दी, प्युठान, रोल्पा र डोटीका दुई/दुई तथा उदयपुर, ओखलढुङ्गा, खोटाङ, अर्घाखाँची र गुल्मीका एक/एक जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै, शनिबार प्रदेश नं १ मा ३२ महिलासहित ९२ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा झापामा ४४, सुनसरीमा २८, मोरङमा आठ, विराटनगरमा दुई, इलाममा पाँच, सोलुखुम्बुमा चार, ताप्लेजुङमा एक र प्रदेशबाहिरका दुई जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोही अवधिमा एक सय ६८ जना निको भएर घर फर्किएका छन् भने अहिलेसम्ममा २२ हजार आठ सय ९९ जना कोरोना सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा शनिबार चार सय ९२ जनासहित अहिलेसम्ममा कुल एक लाख ९५ हजार तीन सय ३१ जनाको पीसीआर परीक्षण गरिएको भइसकेको छ भने हालसम्ममा प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार ४७ जना पुगेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया