बैंकिङ क्षेत्रमा निक्षेप बढ्यो
आयात र हायर पर्चेज कर्जामा गिरावट
काठमाडौं ।
बैंकिङ क्षेत्रमा निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो तीन महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप चार दशमलव नौ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप तीन प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०७७ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २० दशमलव नौ प्रतिशतले बढेको छ । चालू आवको तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः नौ दशमलव एक प्रतिशत, ३२ दशमलव आठ प्रतिशत र ४९ दशमलव चार प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः आठ दशमलव दुुई प्रतिशत, ३३ प्रतिशत र ४७ दशमलव आठ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४३ दशमलव दुुई प्रतिशत रहेको छ । २०७६ असोज मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव आठ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा चार प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा चार दशमलव तीन प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७७ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ११ दशमलव सात प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह चार प्रतिशतले र विकास बैंकहरूको कर्जा प्रवाह पाँच दशमलव दुुई प्रतिशतले बढेको छ । यस अवधिमा फाइनान्स कम्पनीहरूको कर्जा भने शून्य दशमलव पाँच प्रतिशतले घटेको छ ।
चालू आवको तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६५ दशमलव नौ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२ दशमलव छ प्रतिशत कर्जा चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तुको धितोमा प्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार २०७६ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४ दशमलव चार प्रतिशत र १३ दशमलव सात प्रतिशत रहेको थियो । चालू आवको तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा छ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा एक प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा एक दशमलव आठ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा पाँच दशमलव एक प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा चार दशमलव सात प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा छ दशमलव सात प्रतिशतले बढेको छ ।
चालू आवको तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा तीन दशमलव नौ प्रतिशतले, ओभरड्राफ्ट कर्जा तीन दशमलव सात प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा नो दशमलव छ प्रतिशतले, रियल स्टेट कर्जा अर्थात् व्यक्तिगत आवासीय घर कर्जा समेत शून्य दशमलव छ प्रतिशतले र मार्जिन प्रकृति कर्जा १७ दशमलव आठ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा ट्रष्ट रिसिट अर्थात् आयात कर्जा छ दशमलव छ प्रतिशतले र हायर पर्चेज कर्जा दुई दशमलव सात प्रतिशतले घटेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया