ठूला उद्योगको मुद्दा किनारा नलगाउँदा राजस्व कार्यालय विवादित
विराटनगर ।
राजस्व अनुसन्धान कार्यालय सुनसरी पछिल्लो समय सुस्त बन्दै गएपछि राजस्व अनुसन्धान विभाग आफैँ सक्रिय भएर व्यवसायी कन्टेनर चेकजाँचलाई तीव्रता दिन थालेपछि विवादित बन्न पुगेको छ । विगतमा राजस्व छली भएको आशंकामा औद्योगिक प्रतिष्ठानदेखि ब्यापारी फर्ममा समेत छापामारी अनुसन्धान गर्दै मुद्दा समेत चलाउने अधिकार पाएको राजस्व अनुसन्धान पछिल्लो समय सबै अधिकारबाट बञ्चित भएको छ । जसले गर्दा राजस्व अनुसन्धान सुनसरी सुस्तजस्तो बन्न पुगेको छ । तर राजस्व अनुसन्धान विभागले पछिल्लो समय केही फर्मले भन्सार नाका प्रयोग गरी ल्याएका सामानमा भन्सार दरबन्दी प्रयोगमा अण्डरवीलिङको प्रयोग भन्दै निगरानी बढाएर छड्के जाँच थालेको छ ।
गतहप्ता मात्र मेची भन्सार नाकाबाट चेकजाँच भई आयात भएको पाँच कन्टेनर कपडा बोकेर काठमान्डौँ हिँडेको गाडीलाई राजस्व अनुसन्धान विभागले बाटोमा नै रोकी एक हप्तासम्म विभागमा थन्क्याएर राखेर छोडेपछि व्यवसायीमाथि राजस्वको डण्डा सुरु भएको टिप्पणी गर्न थालिएको छ ।
दुई वर्षअघि मात्र अख्तियार अनुसन्धान आयोगबाट सरुवा भई राजस्व अनुसन्धान विभागको महानिर्देशकमा आएका दीर्घराज मैनालीकै निर्देशनमा मेची भन्सार कार्यालयबाट जाँचपास भई छुटेका कन्टेनहरू राजस्वले नियन्त्रणमा लिएको रहस्य बाहिरिएको छ । सबै पाँच कन्टेनरहरू झापा जिल्लाका कपडा व्यवसायीले नै आयात गरेको पाइएको छ । एक हप्तासम्म पनि राजस्व अनुसन्धान विभागले थन्क्याएर राखे पनि कुनै किफायत नभेटिएको दाबी व्यवसायीस्रोतले गरेको छ । तर महानिर्देशक आफैँले कन्टेनर पक्राउ गर्न निर्देशन दिएको हुँदा महानिर्देशकको इज्जत बचाउनका लागि भए पनि भन्सार मूल्यांकनको बहाना बनाएर प्रतिकन्टेनर १० लाखका दरले कम मूल्यांकनको अभियोगमा ५० लाख जरिवाना बुझाएपछि कपडा बोकेको कन्टेनर राजस्व अनुसन्धान विभागले छोडेको समाचारस्रोतले दाबी गरेको छ ।
एक हप्तासम्म कपडासहितका कन्टेनर र कागजात समेत राजस्वले नियन्त्रणमा राखेपछि महानिर्देशकको कार्यशैलीलाई लिएर प्रदेश १ को औद्योगिक तथा व्यवसायी क्षेत्रमा टिकाटीप्पणी सुरु भएको छ । कोभिड १९ बाट ग्रस्त औद्योगिक तथा व्यवसायी क्षेत्र अहिले चालू आर्थिक वर्षको छ महिनाको आफ्नो कारोबारी विवरण पुस महिनामा कसरी बुझाउने भन्ने विषयलाई लिएर मानसिक तनावमा रहेको अवस्थामा केही सहज भएर सुरु भएको व्यवसायमा पनि राजस्वले नियतवश दुःख दिने गरेको गुनासो उद्योगी तथा व्यवसायीको छ ।
प्रधानमन्त्री कार्यालयअन्तर्गत प्रधानमन्त्रीले आफ्नै मातहतमा राखेको राजस्व अनुसन्धान विभाग र करिब दुई वर्षदेखि महानिर्देशक नियुक्त मैनालीको कार्यशैली अहिले आएर पछिल्लो समय शंकाको घेरामा परेपछि राजस्व अनुसन्धानको विवाद छताछुल्ल बन्न पुगेको हो । समाचारस्रोतका अनुसार राजस्वमा रहेको ठूला औद्योगिक प्रतिष्ठानको मुद्दाका केही विषयलाई लिएर राजस्वको अनुसन्धानमा संलग्न कर्मचारीहरू र महानिर्देशकका बीचमा खटपट सुरु भएपछि पछिल्लो समय कर्मचारीलाई नै ठीक लगाउने भन्दै महानिर्देशक मैनालीले सरुवा फायल बोकी मन्त्रीकोमा धाउन थालेको रहस्य बाहिरिएको छ । राजस्व अनुसन्धानका महानिर्देशक र कर्मचारीबीचको यो प्रवृत्तिका कारण ठूला उद्योगका फायलहरू राजस्व अनुसन्धानबाट कहिले व्यवसायीको हातमा आउने हो भन्न नसक्ने अवस्था रहेको कुरा अहिले आएर सार्वजनिक भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया