Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविकास बैंकहरूमा निष्क्रिय कर्जा बढ्यो

विकास बैंकहरूमा निष्क्रिय कर्जा बढ्यो


काठमाडौं ।
विकास बैंकहरूमा शून्य दशमलव १२ प्रतिशत देखि झण्डै ७३ प्रतिशतसम्म कर्जा निष्क्रिय देखिएको छ । बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार सबैभन्दा कम निष्क्रिय कर्जा मुक्तिनाथ विकास बैंकमा र सबैभन्दा बढी निष्क्रिय कर्जा नारायणी डेभलपमेन्ट बैंकमा देखिएको हो ।

मुक्तिनामा चालू आवको पहिलो त्रैमासिकमा शून्य दशमलव १२ प्रतिशत कर्जा मात्र निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने उक्त बैंकमा यस्तो कर्जाको अनुपात शून्य दशमलव १३ प्रतिशत रहेको थियो । यसैगरी गरिमा विकास बैंकमा पनि शून्य दशमलव ७१ प्रतिशत कर्जा मात्र निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा गरिमामा यस्तो कर्जाको अनुपात शून्य दशमलव ३६ प्रतिशत रहेको थियो ।

गत आवको पहिलो त्रैमासिकमा एक दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको कर्णाली डेभलपमेन्ट बैंकले भने चालू आवको पहिलो त्रैमासिकमा यस्तो कर्जाको अनुपात घटाएर शून्य दशमलव ८१ प्रतिशतमा सीमित राखेको छ । सांंग्रिला डेभलपमेन्ट बैंकमा भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव २९ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा उक्त बैंकमा यस्तो कर्जाको अनुपात शून्य दशमलव ९४ प्रतिशत रहेको थियो ।

यीबाहेकका चारवटा विकास बैंकहरूमा भने निष्क्रिय कर्जाको अनुुपात दुुई प्रतिशतको हाराहारीमा रहेको छ । जसमध्ये लुुम्बिनी विकास बैंकमा चालु आवको पहिलो त्रैमासिकमा दुई दशमलव ३६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने कामना सेवा विकास बैंकमा दुुई दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः दुई र एक दशमलव ६१ प्रतिशत रहेको थियो । चालू आवको पहिलो त्रैमासिकमा महालक्ष्मी विकास बैंक र सहारा विकास बैंकमा भने निष्क्रिय कर्जाको अनुपात क्रमश दुई दशमलव ३६ र दुई दशमलव ४८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः दुई दशमलव ८५ र एक दशमलव १२ प्रतिशत रहेको थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुुसार ग्रिन डेभलपमेन्ट बैंकसहितका चारवटामा भने निष्क्रिय कर्जाको अनुपात चार प्रतिशतको हाराहारीमा रहेको छ । सोमध्ये सिन्धु विकास बैंकमा चार दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने एक्सेल डेभललपमेन्ट बैंकमा चार दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ९० र शून्य दशमलव ५६ प्रतिशत रहेको थियो । कर्पोरेट र ग्रिन डेभलपमेन्ट बैंकमा भने चालू आवको पहिलो त्रैमासिकमा क्रमशः चार दशमलव ९७ प्रतिशत र चार दशमलव नौ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा यी बैंकहरूमा यस्तो कर्जाको अनुपात क्रमशः २६ दशमलव १८ र पाँच दशमलव १८ प्रतिशत रहेको थियो ।

चालू आवको पहिलो त्रैमासिकमा सबैभन्दा बढी निष्क्रिय कर्जा भने नारायणी डेभलपमेन्ट बैंकमा रहेको छ । केही समयअघि मात्र नेपाल राष्ट्र बैंकद्वारा समस्याग्रस्तमुक्त घोषणा भएको नारायणीमा ७२ दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने उक्त बैंकमा शतप्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।

दरबारमार्गमा नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम तोडफोड : काठमाडौं महानगरपालिका १ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम बुथ तोडफोड गरिरहेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङलाई शनिबार दिउँसो एटीएम बुुथ फुुटाइरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनले उक्त एटीएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो । तोडफोडबाट बुथको दायाँ भागको सिसा फुटेको र एक थान सीसीटीभीमा क्षति पुगेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया