Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेकपा र कांग्रेसका युवा राप्रपामा

नेकपा र कांग्रेसका युवा राप्रपामा


काठमाडौं ।
दोलखा जिल्लाको शैलुङ्गेश्वर गाउँपालिका–८ का दुई दर्जन बढी युवा नेकपा र नेपाली कांग्रेस परित्याग गरी शनिबार राप्रपामा प्रवेश गरेका छन् । सो गाउँका युवा किरण कार्की, विजय तामाङ्गलगायतको नेतृत्वमा उनी राप्रपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई राप्रपा दोलखाका संयोजक राजनबहादुर शिवाकोटीले सदस्यता प्रदान गरेका थिए । नवप्रवेशीलाई राप्रपाका केन्द्रीय सदस्य सुन्दर प्रकाश खड्का र दोलखाका सहसंयोजक बलबहादुर तामाङले स्वागत गरेका थिए । शनिबारकै भेलाले विजय तामाङको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन शैलुङ गठन गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया