Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभन्सार जाँचपास भई आएको सामान अवैध भन्दै प्रहरीले समात्यो

भन्सार जाँचपास भई आएको सामान अवैध भन्दै प्रहरीले समात्यो


विराटनगर ।
कानुनअनुसार भन्सार जाँचपास भएको आएको सामानलाई मोरङ प्रहरीले अवैधरूपमा ल्याएको भन्दै छापा मारेर समातेको छ । कपडा व्यापारी तरूणकुमार साहले सञ्चालन गरेको कपडा पसलको गोदाममा तस्करी गरेर ल्याएको भन्दै प्रहरीले ३३ लाख मूल्यबराबरको कपडालाई नियन्त्रणमा लिएको हो । कानुनअनुसार ल्याएको कपडा अवैध भन्दै प्रहरीले नियन्त्रणमा लिएपछि प्रहरीसँगै उक्त छापाप्रकरण नै विवादित बन्न पुगेको छ ।

गत मंसिर २५ गते बिहीबार मोरङ प्रहरीका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वमा खटिएको प्रहरी टोलीले साहले सञ्चालन गर्दै आएको ह्वाइट हाउस फेन्सी पसल र उनको गोदामबाट तीन हजार दुई सय ८३ थान सर्ट, २३ थान जम्फर र ३५ थान पाइन्ट बरामद गरेको थियो । प्रहरीले बरामद गरेको कपडा तस्कर समूहले अवैध क्यारिङमार्फत साहको गोदामसम्म ल्याएको दाबी प्रहरीले गरेको छ । तर साहले उक्त कपडा विराटनगर भन्सारबाट भन्सार जाँचपास गराएर ल्याएको पाइएको छ । उक्त घटनापछि प्रहरीले व्यावसायिक प्रतिष्ठानदेखि गोदामसम्म छापामारी गरेर व्यावसायिक वातावरण नै धमिल्याउने प्रयास गरेको आरोप लाग्न थालेको छ ।

प्रहरीको यो कपडा पसलदेखि गोदामसम्म भएको छापामारी प्रकरणले सरकारले राजस्व अपचलन तथा चोरीनिकासीसम्बन्धी अनुसन्धान गर्ने र मुद्दा समेत चलाउन सक्ने अधिकारप्राप्त वैधानिक निकाय राजस्व अनुसन्धान समेत प्रहरीको छापामारी प्रकरणले मुकदर्शक भएको व्यवसायीको आरोप छ । व्यावसायिक प्रतिष्ठानमा बिक्रीका लागि राखिएका कपडा बिलविजक जारी नगरी बिक्रीवितरण भएमा आन्त्रिक राजस्व कार्यालयबाट बजार अनुगमन गरी कारबाही चलाउने कानुनी व्यवस्था रहेको छ ।

यदि कुनै व्यवसायी प्रतिष्ठानले चोरी पैठारी भएर आएका मालसामान बिक्रीवितरण गरेको पाइएमा त्यस्ता फर्ममा छापामारी कानुनी कारबाही गर्ने अधिकार राजस्व अनुसन्धानलाई सरकारले अधिकार दिएको छ । तर यहाँ व्यावसायिक प्रतिष्ठानमा प्रहरी ग्राहक भएर आउने र व्यावसायिक प्रतिष्ठानदेखि गोदामसम्म प्रहरी आफैँले छापामारेपछि उक्त घटना अहिले आएर विवादित बन्न पुगेको हो । छापामारी प्रकरणसम्बन्धी मुद्दामा पक्राउपश्चात् राजस्व अनुसन्धान सुनसरीमा बुझाउनुपर्नेमा मोरङ प्रहरीले कपडा सहितको मुद्दालाई भन्सारमा लगेर बुझाएपछि प्रहरी र व्यवसायीबीचमा तालमेल नमिलेको देखिएको व्यवसायीको आरोप छ ।

समाचारस्रोतका अनुसार कोभिड १९ का कारण बन्द भएको नेपाल–भारतको मुख्य सीमा नाकाबाहेकका ठाउँ प्रयोग गरी पछिल्लो समय मोरङ प्रहरीले तस्करीको लाइन चलाएको भनेर आरोप लागेपछि सीमा नाकामा प्रहरीले कडाइ गरेको छ । मोरङमा कडाइ भएपछि सुनसरीको नाका कपडा तस्करीमा प्रयोग गर्ने क्रम बढेको बताइएको छ ।

विगतदेखि नै सुनसरीको दक्षिण क्षेत्रबाट क्यारिङ गर्नेले कपडाको तस्करी गर्दै आएको रहस्य पनि अहिलेको प्रहरी छापा प्रकरणले खोलिदिएको छ । साहको गोदामबाट बरामद भएको ३३ लाख ४१ हजारको कपडा पनि भारतबाट क्यारिङमार्फत ल्याएको शंकाका भरमा प्रहरीले छापामारेपछि सरकारको आधिकारिक निकाय राजस्व अनुसन्धान समेत बेकम्मा भएको व्यवसायीस्रोतको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया