Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहस्तकला प्रदर्शनीमा राजदूतदेखि मन्त्रीसम्म

हस्तकला प्रदर्शनीमा राजदूतदेखि मन्त्रीसम्म


काठमाडौं ।
हस्तकला दिवसको अवसरमा नेपाल हस्तकला महासंघद्वारा आयोजित हस्तकला प्रदर्शनीको मन्त्री, सांसद, राजदूतलगायले सोमबार अवलोकन गरेका छन् । महासंघका अनुसार कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्वाहम्फे, वाग्मती प्रदेश सांसद राजेश शाक्य, शोभा शाक्य र नेपालस्थित पाकिस्तानी राजदूत सैयद हैदर शाह र काउन्सुलर एडनान जावेद खानले अवलोकन गरेका हुन् ।

नेपाल हस्तकला महासंघको ४८औं वार्षिकोत्सव नवौँ हस्तकला दिवसको अवसरमा ललितपुर हस्तकला संघले दीप प्रज्वलन गरेको छ । हस्तकला वर्ष उद्घाटनको अवसरमा ललितपुरको मंगलबजार मन्दिर परिसरमा दीप प्रज्वलन गरिएको संघका अध्यक्ष विश्राम सिंहले बताए । हस्तकला वर्षको अवसरमा संघले पनि महासंघसँगको सहकार्यका वार्षिकरुपमा हस्तकला प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।

यसैगरी महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गरेको छ । सोमबार हस्तकला महासंघ सचिवालयमा आयोजित स्वागत कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल,उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले सगुन दिएर स्वागत गर्दै सहकार्यमा जोड दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया