आज आयोगका पदाधिकारीको सिफारिस गर्ने तयारी
काठमाडौं ।
विभिन्न आयोगका पदाधिकारीको नियुक्ति सिफारिसका लागि आज बुधबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी गरिएको छ । मंगलबार बसेको संवैधानिक परिषद्को बैठकमा कुन–कुन आयोगमा नियुक्तिका लागि सिफारिस गर्ने भन्ने विषयमा छलफल भए पनि बुधबारको बैठकमा मात्र नाम ल्याउने सहमति भएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विभिन्न संवैधानिक आयोगका पदाधिकारी एवं सदस्यको नियुक्तिबारे छलफल गरेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको जानकारी बताए । मंगलबार बिहान बस्ने भनिएको बैठक गणपूरक सङ्ख्या नपुगेपछि साँझका लागि सारिएको थियो । त्यसअगावै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नेकपाका अर्का अध्यक्ष प्रचण्डको सल्लाह अनुसार अनुपस्थित भएपछि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएको हो । साँझको बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सत्ताइस वर्षदेखि खानेपानी योजना अधुरै
- मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेटवार्ता
- कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
- सौर्य विद्युत् परियोजनामा ग्लोबल आइएमई बैंकले कर्जा लगानी गर्ने
- २६ सय ३९ बिन्दुमा खुम्चियो शेयर बजार
- सात करोड लगानीमा सामाखुसी यातायातद्वारा १५ बस सञ्चालन
- खानेपानी मन्त्रालयको सय दिने कार्यप्रगति
- भारतको अटोमोबाइल निर्यात १४ प्रतिशत बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया