महालक्ष्मी विकास बैंकको कर्जा घोटालामाथि सीआईबीको अनुसन्धान
काठमाडौं ।
विवादास्पद व्यक्तिहरुले समेत लगानी गरेको महालक्ष्मी विकास बैंकले कर्जा लगानी गरेको घोटालामाथि नेपाल राष्ट्र बैंकको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुुसन्धान सुरु गरेको छ र यही क्रममा बैंकको ललितपुरस्थित कुमारीपाटीबाट भएको लगानीमा घोटाला गर्ने तीन जना ऋणीहरुलाई पक्राउ गरेको छ । तर उक्त घटनाको प्रमुख पात्र र बैंकका कर्र्मचारीलाई सीआईबीले पक्राउ गरेको छैन ।
अपर्याप्त सुन धितो राखेर कर्मचारीकै मिलेमतोमा त्यहाँबाट सात करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । यसैगरी सो बैंकले पोखराका सुन व्यवसायी कमलमान गुभाजुुलाई सुनको कारोबार गर्न चार करोड ८० लाख रुपैयाँ कर्जा दिएर चलनचल्तीको झण्डै ३८ करोड रुपैयाँ बराबरको सम्पत्ति जफत गरेको छ । भूमाफिया कालुु गुुरुङसँग मिलेर धितो नराखेको जमिन समेत कब्जा गरेको छ । बैंकले सुन कारोबारमा लगानीमा घोटाला भएको भनी नेपाल राष्ट्र बैंकमा पटक–पटक परेको उजुरीपछि राष्ट्र बैंकले त्यसको छानबिन गर्न सीआईबीलाई निर्देशन दिएको हो ।
उक्त कर्जामा भएको अनियमिततामाथि छानबिन हुुने सुइँको पाएपछि बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने कार्यकाल बाँकी छँदै राजीनामा दिएर बाहिरिएका थिए । पोखरा स्थायी घर भएका लामिछानेले पोखराकै घरजग्गा व्यवसायी कालुु गुरुङलाई गुभाजुुको सम्पत्ति अनियमित तरिकाले दिलाएका थिए । एकताका बैंकले सुनमा खोजी खोजी लगानी गरेको थियो । त्यसरी लगानी गर्दा बैंकका तत्कालीन सीईओ लामिछानेलगायत अन्य उच्च अधिकारीहरु समेतको संलग्नता रहेको हुुनसक्ने आशंका गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सत्ताइस वर्षदेखि खानेपानी योजना अधुरै
- मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेटवार्ता
- कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
- सौर्य विद्युत् परियोजनामा ग्लोबल आइएमई बैंकले कर्जा लगानी गर्ने
- २६ सय ३९ बिन्दुमा खुम्चियो शेयर बजार
- सात करोड लगानीमा सामाखुसी यातायातद्वारा १५ बस सञ्चालन
- खानेपानी मन्त्रालयको सय दिने कार्यप्रगति
- भारतको अटोमोबाइल निर्यात १४ प्रतिशत बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया