Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएकै दिन ११ सय ७५ जनाले कोरोना जिते

एकै दिन ११ सय ७५ जनाले कोरोना जिते


काठमाडौं ।
शनिबार एकै दिन एक हजार १ सय ७५ जना कोरोना संक्रमणबाट निको भई घर फर्किएका छन् । अहिलेसम्म निको हुने सङ्ख्या दुई लाख ४२ हजार ५ सय ६७ पुगेको छ । नेपालमा निको हुने दर ९५.८ प्रतिशत पुगेको छ । सङ्क्रमितमध्ये २ सय ८३ जना सघन उपचार कक्ष र ४९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नं १ मा २३ जना, प्रदेश नं २ मा ११ जना, वाग्मती प्रदेशमा १ सय ६, गण्डकी प्रदेशमा ७९ जना, लुम्बिनी प्रदेशमा ५० जना, कर्णाली प्रदेश सात जना र सुदूरपश्चिम प्रदेशमा सात जना उपचाररत छन् ।

यस्तै भेन्टिलेटरमा प्रदेश नं १ मा चार, प्रदेश नं २ मा एक, वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेश तीन र सुदूरपश्चिम प्रदेशमा दुई जना उपचाररत रहेका छन् । मन्त्रालयका अनुसार होम आइसोलेशनमा पाँच हजार ८ सय ३४ जना र क्वारेन्टाइनमा ४ सय २१ जना छन् । यस्तै शनिबार काठमाडौँ उपत्यकामा २ सय ८७ जनामा सङ्क्रमण देखिएको छ । तिमध्ये १ सय २१ जना महिला र १ सय ६६ जना पुरुष छन् ।

सङ्क्रमित शून्य भएको जिल्ला मनाङ र ५ सयभन्दा माथि सङ्क्रमित भएका जिल्ला काठमाडौँ, ललितपुर र कास्की हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार कोरोना सङ्क्रमणबाट १२ जनाको निधन भएको छ । योसहित सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या एक हजार ७ सय ७७ पुगेको छ । नेपालमा सङ्क्रमितमध्ये शून्य दशमलव सात प्रतिशत निधन भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार थप ७ सय १० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार विभिन्न ८० वटा प्रयोगशालामा गरिएको परीक्षणमा ७१० जनामा सङ्क्रमण देखिएको हो । देखिएका नयाँ सङ्क्रमितमध्ये महिला ३ सय ६ र पुरुष ४ सय ४ जना छन् । विगत २४ घण्टामा चार हजार ७ सय ८० को पीसीआर परीक्षण गरिएको थियो । थपिएका सङ्क्रमणसँगै मुलुकभर सङ्क्रमितको सङ्ख्या दुई लाख ५३ हजार १ सय ८४ पुगेको छ । सङ्क्रमितमध्ये ३४.५ प्रतिशत महिला र ६५.५ प्रतिशत पुरुष छन् । हालसम्म आठ हजार ८४० सक्रिय सङ्क्रमित छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया