काठमाडौं ।
नेपालमा आइतबारसम्म कोरोना भाइरस सङ्क्रमणमुक्त हुने दुई लाख ४३ हजार ६ सय ६४ पुगेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ९७ छ । त्यसैगरी हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ३ सय २० छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख ५३ हजार ७ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा नौ हजार ४ सय जनामा कोरोना परीक्षण गर्दा थप ५ सय ८८ जनामा कोरोना भाइरस सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ११ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ७ सय ८८ पुगेको छ ।
यसैबीच, प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ६० जना सङ्क्रमित निको भएका छन् । निको हुनेहरूमा होम आइसोलेसन र विभिन्न कोभिड अस्पतालबाट रहको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म निको हुने सङ्क्रमितको सङ्ख्या २५ हजार १ सय २० पुगेको छ ।प्रदेशमा अवधिमा २ सय ९९ जनाको पीसीआर परीक्षण गरिएकामा १६ महिला र २१ पुरुष गरी जम्मा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
थप हुने सङ्क्रमितमा मोरङमा १६ मध्ये विराटनगरमा आठ, इलाममा सात, झापामा पाँच, सुनसरी र सङ्खुवासभामा दुई/दुई, ओखलढुङ्गामा एक र प्रदेशबाहिरका चार जना रहेका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या हालसम्म २९ हजार ३ सय ३२ पुगेको छ । यस प्रदेशमा अहिलेसम्म दुई लाख चार हजार २५६ जनाको पीसीआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सत्ताइस वर्षदेखि खानेपानी योजना अधुरै
- मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेटवार्ता
- कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
- सौर्य विद्युत् परियोजनामा ग्लोबल आइएमई बैंकले कर्जा लगानी गर्ने
- २६ सय ३९ बिन्दुमा खुम्चियो शेयर बजार
- सात करोड लगानीमा सामाखुसी यातायातद्वारा १५ बस सञ्चालन
- खानेपानी मन्त्रालयको सय दिने कार्यप्रगति
- भारतको अटोमोबाइल निर्यात १४ प्रतिशत बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया