सोलुखुम्बु ।
सोलुखुम्बुको थुलुङ दुधकोशी र नेचासल्यान गाउँपालिका जोड्ने ढोरेणी झोलुङ्गे पुल जोखिमपूर्ण बनेको छ । नेचासल्यान गाउँपालिका वडा नम्बर २ सल्यान र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ लाई जोडने सोलुखोलाको पुल जोखिमपूर्ण बनेको स्थानीय प्रकाश भटराईले जानकारी दिए ।
करिब ३५ वर्षअघि निर्माण भएको उक्त पुलको काठ मक्किएर काम नलाग्ने अवस्थामा पुगेको स्थानीयको भनाइ छ । सोही पुलबाट सवारीसाधनदेखि नागरिकहरू आवतजावत गर्ने भए पनि मर्मतमा ध्यान नदिँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको भटराईको भनाइ छ । मर्मत गर्नुपर्ने जिम्मा पाएका वडा अध्यक्षले समेत सोही पुल हुँदै सवारीसाधानमार्फत वारिपारि गर्नेगरेका छन् ।
तर पनि मर्मतका लागि भने कुनै पनि पहल हुन सकेको छैन । यसरी हेर्दा जनप्रतिनिधिले समेत पुल मर्मतमा ध्यान नदिएको आभास हुने स्थानीयको भनाइ छ । जसले गर्दा स्थानीयहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । यता नेचासल्यान गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष भेषकुमार बास्तोलाले पनि पुल जोखिमपूर्ण रहेको स्वीकार गर्दैै चाँडै मर्मत गरिने बताए । पुल जीर्ण अवस्थामा रहेको छ । यसलाई मर्मत गर्नका लागि आफूहरू लाग्ने उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया