काठमाडौं, पुस १८
गृह मन्त्रालय र अन्तर्गतका निकायहरूमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । आव २०७४/०७५ सम्मको बेरुजुलाई ८८ दशमलव ५० प्रतिशत फर्छ्यौट गराई नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो । त्यस्तै सशस्त्र प्रहरीले ८६ दशमलव ९६ प्रतिशत बेरुजु फर्छ्यौट गरेको छ । अध्यागमन विभागले ८४ दशमलव ६२ प्रतिशत बेरुजु फछ्र्यौट गरेको छ भने गृह मन्त्रालयले ७४ दशमलव ४१ प्रतिशत बेरुजु फर्छ्यौट गरेको छ । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सर्वोत्कृष्ट र उत्कृष्ट इकाइलाई पुरस्कृत गरेका छन् ।
गृहमन्त्री थापाले गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेललाई १०/१० हजार रूपैयाँसहित पुरस्कृत गरेका हुन् । त्यस्तै, तत्कालीन आर्थिक प्रशासन शाखा प्रमुख उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृत मिठाराम सुवेदी, शालिकराम पराजुली र लेखापाल नरबहादुर कुँवर आठ/आठ हजार रूपैयाँसहित पुरस्कृत भएका छन् ।
गृह मन्त्रालय र अन्तर्गतका निकायहरूले आव २०७४/०७५ सम्मको बाँकी बेरुजु फछ्र्यौटको प्रगतिका आधारमा बेरुजु फछ्र्यौट मूल्याङ्कन तथा अनुगमन समितिको सिफारिसबमोजिम नेपाल सरकार (मन्त्रीस्तर)को निर्णयअनुसार उक्त निकायहरूलाई सम्मान गरिएको हो । बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा गत आव मा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बैतडी जिल्लाको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
- व्यवसायी दुर्गा प्रसाईं पक्राउ
- युक्रेनमा टेलिग्राम प्रयोगमा प्रतिबन्ध
- श्रीलंकामा राष्ट्रपति चयनको मतदान सम्पन्न
- आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनस्र्थापित गर्न सकिने
- सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक
- नेपालले क्षेत्रीय टेक फर गुड प्रतियोगितामा भाग लिने
- टीआई नेपालको अध्यक्षमा शर्मा निर्वाचित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया