पौने ६ खर्बको वैदेशिक व्यापार
आयातबाट ५ महिनामा डेढ खर्ब राजस्व संकलन
काठमाडौँँ ।
चालू आर्थिक वर्षको पाँच महिनामा नेपालले ५ खर्ब ७५ अर्ब ५५ करोडको कुल वैदेशिक व्यापार गरेको छ । अघिल्लो वर्षको तुलनामा यो ८ प्रतिशतले कम हो । गत आवमा ६ खर्ब २८ अर्ब ८७ करोडको व्यापार भएको थियो ।चालू आवको साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालको निर्यात ५ प्रतिशतले बढेको छ भने आयात १० प्रतिशतले घटेको छ ।उक्त अवधिमा नेपालको व्यापारघाटा र कुल वैदेशिक व्यापार क्रमशः ११ र ८ प्रतिशतले कमी आएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
त्यस्तै ५ प्रतिशतले वृद्धि भएर ५० अर्ब ५ करोड ५६ लाखको निर्यात व्यापार भएको छ । गत आवको सोही अवधिमा ४७ अर्ब ६१ करोड ६८ लाख रुपैयाँबराबरको निर्यात भएको थियो । आयातमा भने १० प्रतिशतले कमी आएको छ । यस अवधिमा ५ खर्ब २५ अर्ब ४९ करोडको आयात भएको छ । गत वर्ष सोही अवधिमा ५ खर्ब ८१ अर्ब २५ करोडको आयात भएको थियो ।
तथ्यांकअनुसार समग्रमा ११ प्रतिशतले व्यापारघाटा घटेको छ । चालू आवमा ४ खर्ब ७५ अर्ब ४४ करोड व्यापारघाटा रहेको छ । गत आवको सोही समयमा ५ खर्ब ३३ अर्ब ६४ करोडको व्यापारघाटा थियो । नेपालबाट चालू आवको पाँच महिनामा ६ अर्बको चिया तथा चियाजन्य पदार्थ, १३ अर्ब ८ करोडको तेलजन्य पदार्थ, ३ अर्ब २८ करोडको गलैँचा, ३ अर्ब १९ करोडको फाइबर लगायतका सामग्री निर्यात भएको छ ।
त्यस्तै ५९ अर्ब ६९ करोडको पेट्रोलियम पदार्थ, ४५ अर्ब २१ करोडको फलाम तथा स्टिल, ४४ अर्ब ५३ करोडको विद्युतीय सामग्री, ४१ अर्ब ३३ करोडको मेसिनरी औजार, ३६ अर्बको सवारीसाधन तथा रेलका सामग्री, ३३ अर्ब ३ करोडको खाद्यान्न, ११ अर्ब ३३ करोडको औषधिजन्य पदार्थ र २० अर्बको प्लाष्टिकजन्य पदार्थ विभिन्न मुलुकबाट आयात भएको छ ।
नेपालको भारतलगायत तेस्रो मुलुकसँगको व्यापार सधैँजसो घाटामा रहने गरेको छ ।
आव २०७६÷०७७ मा निर्यात ९७ अर्ब ११ करोडको हुँदा आयात ११ खर्ब ९६ अर्ब भएको थियो । त्यस्तै आव २०७५÷०७६ मा निर्यात ९७ अर्ब ११ अर्बको हुँदा आयात १४ खर्ब १८ अर्बको थियो । यस्तै आव २०७४÷०७५ मा निर्यात ८१ अर्ब ३५ करोडको र आयात १२ खर्ब ४५ अर्बको आयात भएको थियो । कुल व्यापार भने आव २०७६÷०७७ मा कुल १२ खर्ब ९४ अर्ब र आव २०७५÷०७६ मा १५ खर्ब १५ अर्ब रहेको थियो ।
डेढ खर्ब राजस्व संकलन
यसैबीच, विभागले पाँच महिनाको अवधिमा आयातबाट मात्र एक खर्ब ५० अर्ब राजस्व संकलन गरेको छ । नेपालबाट निर्यात हुने मुख्य वस्ुतहरूमा गलैचाँ, चिया÷कफी, कपासबाट बनेका धागो, तयारी कपडा, तरकारी तथा फलफूल र सुपारी, फलाम तथा स्टिल, हस्त निर्मित राडीपाखी, टेक्सटाइल तथा थान्का कपडा, खाद्य तथा पशुदाना र भेजिटेबल, फाइबर तथा हाते कागज रहेको छ । त्यस्तै इन्धन, फलाम तथा स्टिल, मेसिनरी पार्टपुर्जा नेपाल आयात हुने गरेको छ ।
निर्यात बढाउन अबका दिनमा विद्यतीय भुक्तानी प्रणाली आवश्यक रहेको सरकारी तथा निजी क्षेत्रका अधिकारीहरू बताउँछन् । नेपाल निर्यात व्यवसायी महासंघका सचिव दुर्गा विक्रम थापा इ–कमर्समा जोड दिने हो भने सटर खोलेर बस्नु नपर्ने र सीमापार पनि छिटोभन्दा छिटो कारोबार गर्न सकिने बताउँछन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
- म्याग्दीमा करिब तीन हजार उद्योग
- दोहोरो अंकले घट्यो नेप्से
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया