नेपालमा चिनियाँ चासो
राजनीतिसँगै राष्ट्रपतिको भ्रमणको बेला गरिएका सम्झौता र प्रतिबद्धता कार्यान्वयन के हुन्छ ?
काठमाडौं ।
नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले नेकपाको राजनीतिको साथै गत वर्ष चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको बेला भएका नेपालको आर्थिक तथा पूर्वाधार विकासलगायतका विभिन्न सम्झौता र समझारीको कार्यान्वयनको भविष्यबारे स्पष्टता खोजेको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तथा त्यसअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेलामा विभिन्न सम्झौता भएका थिए । पहिलोपटक केपी ओली प्रधानमन्त्री भएका बेला गरिएका सम्झौता पनि कार्यान्वयन नभइरहेको बेला चीनले पटक–पटक चासो लिएको छ । ओली पहिलोपटक प्रधानमन्त्री भएको बेला गरिएका विभिन्न सम्झौता उनी सत्ताबाट हटेपछि अन्य दलले बेवास्ता गरेको कारण चीनले नेपाली कांग्रेस र प्रचण्ड नेतृत्वको दलप्रति आशंका गरिरहेको छ ।
नेपाल भ्रमणको क्रममा गत वर्ष चीनका राष्ट्रपतिले टोखा (काठमाडौं)–छहरे (नुवाकोट) र छहरे वेत्रावती सुरुङमार्ग निर्माणमा चिनियाँ सहयोगको प्रतिबद्धता गर्नुको साथै अन्य सहयोग पनि घोषणा गरेका थिए । त्यतिबेला नेपाल र चीनबीच विभिन्न सम्झौता पनि भएका थिए । तर, त्यसको कार्यान्वयन सुरु हुने बेला कोभिड–१९ ले अहिलेसम्म कुनै पनि योजना सुरु भएको छैन । त्यस्तै चीनले ल्हासा–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गबारे पनि अध्ययन गरिरहेको छ ।
चीनले अन्य सम्झौताको साथै आफ्ना राष्ट्रपतिले व्यक्त गरेको प्रतिबद्धताअनुसारको काम थाल्ने तयारी गरेको बेला नेपालमा राजनीतिक अस्थिरता सुरु भएको छ । नेकपाको विवाद मिलाउने चीनले पटक–पटक प्रयास गरे पनि सफल नभएपछि राष्ट्रपतिले नै टोली पठाएको अनुमान गरिएको छ । भारतीय सञ्चार माध्यमहरुले पनि चिनियाँ टोलीको उद्देश्य नेकपाको विभाजन रोक्नु रहेको जनाएको छ ।
चीनले विश्वास गरेको नेकपा विभाजनको छिनोफानो निर्वाचन आयोगले गर्न लागेकै बेला प्रतिनिधिसभा विघटनको मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । नेकपा विभाजन भएपछि फेरि नेपालमा राजनीतिक अस्थिरता आउने र यसले चिनियाँ सहयोग प्रभावित हुने देखिएपछि चीनले नेकपाको विभाजनप्रति विशेष चासो राखेको स्रोतको दाबी छ । स्रोतका अनुसार आइतबार नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ ए चौ नेतृत्वको चार सदस्यीय टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी नेकपा विभाजनबारे गम्भीर चासो लिनुको साथै चीन र नेपालबीच विकास कार्य अगाडि बढाउन भएका विभिन्न सम्झौताको विषयमा पनि चासो लिएको स्रोतको दाबी छ ।
चिनियाँ टोलीले सोमबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तय भएको छ । चिनियाँ टोलीले केपी ओली समूहसँग टुक्रिएर गएको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसँग पनि सोमबार नै एकल र सामूहिक भेट वार्ता गर्ने तयारी पनि गरेको छ । चिनियाँ टोली एयर चाइनाको चार्टर्ड विमानबाट आइतबार नेपाल आएको हो । नेकपाको विवादमा चिनियाँ राजदूत होउ याङ्छीको पनि विशेष चासो रहँदै आएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया