काठमाडौं ।
ठगी आरोपमा घरजग्गा कारोबारी सहदेव कक्षपति जेल चलान भएका छन् । काठमाडौ महानगरपालिका वडा नं ३४ बस्ने राजेन्द्रप्रसाद गोयलले चेक अनादरमा होटल एभरेष्ट इन्टरनेसनल लि.को प्रबन्ध निर्देशक सारिक लारी र सहदेव कक्षपतिलाई प्रतिवादी बनाई मुद्दा दाएर गरेका थिए ।
मुक्त मुद्दामा सुनुवाई गर्दै गत मंसिर १ गते काठमाडौं जिल्ला अदालतले कक्षपतिलाई दुई करोड बिगो भराई तीन महिना कैद र तीन हजार जरिवाना हुने ठहर गरेको थियो । उक्त फैसला आएपछि कक्षपति फरार भएका थिए । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले कक्षपतिलाई शनिबार नियन्त्रणमा लिएर फैसला कार्यान्वयनको लागि आइतबार काठमाडौं जिल्ला अदालतमा आवश्यक कारबाहीको लागि बुझाएको थियो । अदालतले उनलाई डिल्लीबजार कारागार थुनामा पठाएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- भारत र चीनबीच विवादित सीमा गस्तीसम्बन्धी सम्झौता
- विविध कार्यक्रमका साथ जङ्गी अड्डामा राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै
- परराष्ट्रमन्त्रीका सय दिन: कूटनीतिक सक्रियता, सम्बन्ध विस्तारमा जोड
- विश्वबन्धुत्वको सन्देश लिएर राष्ट्रगान यात्री नेपाली भारत यात्रामा
- अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’
- नेपाली कांग्रेस अर्घाखाँचीको सयदिने अभियान सुरु
- बाढीपहिरोले नदी किनारामा थुपारेको फोहर सफा गर्दै ललितपुर महानगर
- सहकारीमा देखिएको संकट र राजनीतिक आवरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया