५७ प्रतिशत उद्योग मात्र पूर्ण क्षमतामा सञ्चालन
काठमाडौं ।
कोभिड–१९ को कारण तहसनहस भएको नेपालको उद्योग क्षेत्र अझै पूर्ण क्षमतामा सञ्चालन हुनसकेको छैन । पुसको दोस्रो सातासम्म ५७ प्रतिशत उद्योग मात्र पूर्ण क्षमतामा सञ्चालन भएको छ । गत जेठमा छ प्रतिशत उद्योग मात्र पूर्ण क्षमतामा सञ्चालन भएको थियो । गत चैतदेखि नेपालमा लकडाउन लगाइएको थियो र साउन पहिलो सातादेखि लकडाउन अन्त्य गरिएको थियो । तर, उद्योग क्षेत्र कमजोर नै छ ।
५७ प्रतिशत उद्योग क्षेत्र पूर्ण क्षमतामा चल्दा नै अहिले देशको अर्थतन्त्रमा भने सकारात्मक असर देखा पर्न थालेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । कोभिडको प्रभाव अनुमान गरिएभन्दा कम देखिएको कारण उद्योग क्षेत्र अब थप सशक्त हुने र त्यसले अर्थतन्त्रलाई थप चलायमान बनाउने गभर्नर अधिकारीको दाबी छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नयाँ कार्यसमितिसँगको भर्चुअल अन्तत्र्रिmया कार्यक्रममा गभर्नर अधिकारीले त्यस्तो दाबी गरेका हुन् ।
बैंकिङ क्षेत्रबाट पनि मंसिर र पुसमा कर्जा प्रवाह बढेको बताउँदै गभर्नर अधिकारीले भने, ‘मंसिर र पुसमा कर्जाको विस्तारमा प्रगाति राम्रो छ, अब बैंकिङ प्रणालीमा भएको तरलता प्रयोगमा आउँछ ।’ ‘प्रणालीमा भएको अधिक तरलताले गर्दा राष्ट्र बैंकले पुनर्कर्जाका लागि उपलब्ध गराएको रकम लैजान बैंकहरुले गाह्रो मानेका छन्, तर अब कर्जा बढ्दै जाँदा पुनर्कर्जाको माग र प्रयोग पनि राम्रोसँग हुन्छ’, गभर्नर अधिकारीले भने ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन
- ट्रायम्फ नेपालको ‘ट्रायम्फ डे : २०० मेसिन, वान प्यासन’
- ‘पठाओ कार रेन्टल’ सेवामा ट्याक्सी बुकिङ गरेर नेपालभर पुग्न सकिने
- क्रिएसनद्वारा नेपाल वल्र्डका प्रतियोगीलाई प्रशिक्षण
- युनिलिभरद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग
- मारिकोको प्यारासुट एड्भान्स्ड बेबी नेपालमा
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकको सहयोग
- एनएमबी लघुवित्तको नायब प्रमुख कार्यकारीमा खड्का
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया