अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन हुनेगरी कार्यक्रम बनाउन जोड
काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन जोड दिएकी छिन् । तत्काल रासायनिक मलको प्रयोग पूर्णरूपमा बन्द गर्नसक्ने अवस्था नरहे पनि यसलाई बिस्तारै कम गर्दै लैजानुपर्ने उनले बताइन् ।
रासायनिक मलको प्रयोगमा न्यूनीकरण गर्न तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोग वृद्धि गर्दै लैजानका लागि आवश्यक कार्यक्रम र कार्ययोजना बनाउन मन्त्री अर्यालले कृषि विभागलाई निर्देशन समेत दिएकी छिन् । बिहीबार कृषि विभागको अनुगमन तथा निरीक्षण गर्दै उनले विभागले हालसम्म सञ्चालन, सम्पन्न तथा सुचारु गर्दै आएका कार्यक्रमहरूका बारेमा जानकारी समेत लिएकी थिइन् । साथै उनले चक्लाबन्दी खेती प्रणाली कार्यक्रम जनस्तरबाट नै सुरु गर्न किसानलाई प्रेरित गर्नेगरी कार्यक्रम बनाउनुपर्ने बताइन् । यसैगरी उनले कृषकले मल, बीउ, बेर्ना नपाउने समस्याको अन्त्य गर्नेगरी लाग्न समेत कर्मचारीहरूलाई निर्देशन दिइन् ।
मन्त्रालयले वितरण गर्दै आएको अनुदान कार्यक्रमको अवस्थाका बारेमा समेत लेखाजोखा गर्न निर्देशन दिँदै उनले अनुदान कार्यक्रमको प्रभावकारी अनुगमन कार्य अगाडि बढाउन समेत निर्देशन दिइन् । निर्वाहमुखी कृषि प्रणालीको अन्त्य गरेर व्यावसायिक कृषि प्रणालीमा जोड दिनुपर्ने बताउँदै मन्त्री अर्यालले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न व्यावसायिक कृषि प्रणालीमा जोड दिनुपर्ने बताइन् । मन्त्रालयका कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले मन्त्रालयको वित्तीय प्रगति बढाउने लक्ष्य रहेको भन्दै त्यहीअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिए । मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रम संशोधन गर्नुपर्ने आवश्यकता भएमा संशोधन गरेर भए पनि काम देखिनेगरी अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
यसैबीच मन्त्री अर्यालले बिहीबार नै पशुसेवा विभागको समेत अनुगमन तथा निरीक्षण गरेकी छिन् । विभागको निरीक्षण गर्दै उनले मासु, दुध र माछामा आत्मनिर्भर भयौँ भन्ने ढंगले तयारी अगाडि बढाउन तथा बजारमा देखिएको बोयर बाख्राको मागको पूर्ति गर्नेगरी काम गर्न निर्देशन दिइन् । पशुपन्छीका क्षेत्रका सूचना प्रणालीलाई व्यवस्थित गर्न आग्रह गर्दै उनले प्रत्येक दिनको सूचना अपडेट हुनेगरी सूचना प्रणाली विकास गर्न आग्रह गरिन् । कोभिड–१९ संक्रमणका कारण मुलुक लकडाउनको स्थितिमा रहेका बेला किसानहरूको दुध बिक्री नभएर सडकमा पोख्ने अवस्थाको स्मरण गर्दै उनले दुध बिक्री नहुँदा पनि त्यसबाट उत्पादित हुने परिकारहरू बनाउने सीप तथा औजारहरू किसानलाई प्रदान गर्न निर्देशन समेत दिइन् ।
साथै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएर मन्त्रालयमा पेस गर्न समेत आग्रह गरेकी छिन् । कार्ययोजना बनाउँदा कृषिले पशु र पशुले कृषिबाट अलग हुनेगरी नबनाउन समेत उनले आग्रह गरिन् । पशुपन्छी सचिव डा. प्रेमनारायण कँडेलले मन्त्रालयको लक्ष्य र कार्यसम्पादनको तालमेल मिल्नुपर्ने भन्दै एक महिनाभित्र विशेष योजना बनाएर पेस गरिने बताए । केही आन्तरिक व्यवस्थापन गर्न आवश्यक भएको भन्दै उनले पशु स्वास्थ्य र मानव स्वास्थ्यको सम्बन्ध प्रत्यक्ष जोडिएकाले पशु स्वास्थ्यलाई बढी जोड दिएर हेर्नुपर्ने बताए ।
क्याटेगोरी : समाचार, सहकारी–कृषि
ताजा अपडेट
- शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन
- ट्रायम्फ नेपालको ‘ट्रायम्फ डे : २०० मेसिन, वान प्यासन’
- ‘पठाओ कार रेन्टल’ सेवामा ट्याक्सी बुकिङ गरेर नेपालभर पुग्न सकिने
- क्रिएसनद्वारा नेपाल वर्ल्डका प्रतियोगीलाई प्रशिक्षण
- युनिलिभरद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग
- मारिकोको प्यारासुट एड्भान्स्ड बेबी नेपालमा
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा माछापुच्छ्रे बैंकको सहयोग
- एनएमबी लघुवित्तको नायब प्रमुख कार्यकारीमा खड्का
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया