राष्ट्र बैंकले बैंकिङ प्रणालीमा २९ करोड ७८ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा २९ करोड ७८ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार एक वर्षीय अर्थात् तीन सय ६६ दिने मुद्दती निक्षेपको रुपमा २०७७ माघ १ गतेदेखि २०७८ पुस ३० गतेसम्मको लागि बैंकिङ प्रणालीमा उक्त रकम राख्न लागिएको हो । यसरी मुुद्दती निक्षेपको रुपमा राखिने कुल रकममध्ये वाणिज्य बैंकहरुको लागि २३ करोड ८३ लाख, विकास बैंकहरुको लागि चार करोड ४६ लाख र फाइनान्स कम्पनीहरुको लागि एक करोड ४९ लाख रुपैयाँ छुट्याइएको छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहने इच्छुक तथा फाइनान्स कम्पनीहरुले यही पुुस २४ गते शुुक्रबार अपराह्न १२ बजेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्नेछ । राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।
यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात यस बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको, निकटतम अघिल्लो आवमा सञ्चालन मुनाफा (व्यवस्था पछि)मा रहेको, लगानी गरिने बैंकको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक बैंकमा नरहेको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको, लगानी गरिने बैंक नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको तथा समस्याग्रस्त घोषणा भएकोमा सो फुकुवा भएको छ महिना अवधि पूरा भएको एवं रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।
२० अर्ब रुपैयाँको रिभर्स रिपो आज : यसैबीच राष्ट्र बैंकले आज बिहीबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको लागि उक्त परिमाणमा रिपो जारी गर्न लागिएको हो । परिपक्व हुुने अवधि २८ दिन अर्थात् यही माघ २२ गतेसम्म तोकिएको रिपो खरिदको लागि बैंक तथा फाइनान्स कम्पनीहरुले आज बिहीबार अपराह्न २ बजेसम्म राष्ट्र बैंकमा बोलकबोल पेस गर्नुपर्नेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग
- दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे
- नारायणी रङ्गशाला क्रिकेट मैदान स्तरोन्नति गरिँदै
- बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन
- उकालो लाग्यो शेयर बजार
- बागमती प्रदेशमा निःशुल्क स्वास्थ्योपचार गरिने
- जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षणपत्र
- शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया