कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार
काठमाडौं ।
बुधबार थप चार सय नौ जनामा कोरोना पुष्टि भएको छ । योसहित हालसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार १ सय ९३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा छ हजार ७ सय ६ नमूना परीक्षण गर्दा थप ४ सय ९ जना कोरोना पुष्टि भएको हो । जसमा १ सय ४४ महिला र २ सय ६५ पुरुष छन् ।
कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ६३ हजार १ सय ९३ मध्ये दुई लाख ५६ हजार १ सय ६१ सङ्क्रमणमुक्त भएका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १ सय ३३ छ । तीमध्ये १ हजार ६ सय ८ जना होमआइसोलेसनमा छन् । एक सय ९७ को आईसीयूमा उपचार भइरहेको छ । ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कोरोना सङ्क्रमणबाट हालसम्म एक हजार ८ सय ९९ को मृत्यु भएको छ ।
यसैबीच, प्रदेश नं. १ मा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय १० जना रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये ३ सय ९१ जना होमआइसोलेसनमा, नोबेल मेडिकल कलेजमा सात, विराट मेडिकल कलेजमा चार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा तीन/तीन, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई जना उपचारमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका अनुसार अस्पतालमा उपचारार्थमध्ये पाँच जना आईसीयू र १४ जना सामान्य शय्यामा छन् । बुधबारसम्म २९ हजार ९ सय २८ सङ्क्रमितमध्ये २९ हजार ५६ डिस्चार्ज भएका छन् । सङ्क्रमण देखिएकामध्ये अहिलेसम्ममा ४ सय ६२ को मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ सय १४ जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट २ सय ६, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट चार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दुई, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजबाट एक/एक जना डिस्चार्ज भएका हुन् ।
पछिल्लो २४ घण्टाको अवधिमा १५ जना नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामा मोरङमा १० जनामध्ये विराटनगरमा सात, धनकुटाको धनकुटा नगरपालिकामा तीन र झापामा दुई जना छन् । हालसम्ममा प्रदेशमा दुई लाख १० हजार ७ सय २५ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया