काठमाडौं ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक लाख ५० हजार रूपैयाँ घुस लिएको आरोपमा सबइञ्जिनियर सुरेन्द्र अधिकारीलाई पक्राउ गरेको छ । अधिकारी तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) अन्तर्गत कार्यरत थिए ।
आयोगका अनुसार सबइन्जिनियर अधिकारीले आफ्नो कार्यक्षेत्रभित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिएबापत घुस रकम माग गरेका थिए । आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले अधिकारीलाई बुधबार सेवाग्राहीबाट एक लाख पचास हजार रूपैयाँ लिइसकेको अवस्थामा भानु नगरपालिका वडा नं.२ स्थित एक होटलबाट पक्राउ गरेको हो ।
जिल्लाको भानु नगरपालिका–५ मैवलस्थित सरस्वती माध्यमिक विद्यालयमा निर्माण गरिएको शौचालयको अनुगमन गरेबापत उक्त रकम घुस लिएको बताइएको छ । उक्त विद्यालयमा १४ लाख ६९ हजारको लागतमा शौचालय निर्माण गरिएको थियो । अधिकारीलाई कारबाहीको लागि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया