काठमाडौं ।
नेपाल राष्ट्र बैंकले एटीएममार्फत बैंकिङ कारोबारमा केही कडाइ गरेको छ । विश्व महामारीे कोरोना भाइरस संक्रमणको समयमा दोस्रो बैंकको एटीएम मेसिन प्रयोग गरी रकम निकाल्दा शुल्क नलाग्ने व्यवस्था रहेकोमा अब भने बैंक तथा फाइनान्स कम्पनीहरुले यस्तो कारोबारमा शुल्क लिन पाउने भएका हुन् ।
बिहीबार वाणिज्य बैंक, विकास बैंक, एवं फाइनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले पुरानो व्यवस्थामा संशोधन गरी रकम लिन पाउने व्यवस्था गरेको हो । यो व्यवस्था माघ १ देखि लागू हुनेछ । यसअनुसार एउटा बैंकको एटीएम कार्ड प्रयोग गरी दोस्रो बैंक तथा फाइनान्स कम्पनीहरुको एटीएम मेसिनमार्फत रकम निकाल्दा शुल्क लाग्नेछ । यसको लागि प्रतिकारोबार २० रुपैयाँ शुल्क तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
परिपत्रअनुसार बैंक तथा वित्तीय संस्थाहरुले एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा मासिक न्यूनतम दुुईवटा कारोबारसम्म निःशुल्क गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्नेछ । तर दुई वटाभन्दा बढी कारोबारको हकमा भने बैंक तथा वित्तीय संस्थाहरुले प्रतिकारोबार २० रुपैयाँसम्म शुल्क लिनसक्ने संशोधित व्यवस्थामा उल्लेख छ ।
सोही परिपत्रअनुसार बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ग्राहकहरुले सम्बन्धित ग्राहकहरुको पूर्वअनुमति लिएर र सेवाशुल्कबारे पूर्वजानकारी गराएर मात्र इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता विद्युतीय बैंकिङ सेवाबापतको शुल्क लिन पाउनेछन् । यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय कारोबारको सुरक्षाको पर्याप्त प्रबन्ध मिलाई ग्राहकहरुलाई मोबाइल, इन्टरनेट, एसएमएस बैंकिङको आफ्नो युजर नेम र पासवर्ड हराएमा वा बिर्सिएमा आफैँ प्राप्त गरी सुचारु गर्नसक्ने व्यवस्था गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।
राजस्व प्रयोजनको लागि शनिबार पनि बैंकहरुको शाखा खुल्ने
राजस्व प्रयोजनको लागि शनिबार पनि बैंकहरुको शाखा खुल्ने भएको छ । राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समेतको नाउँमा परिपत्र जारी गर्दै राजस्व संकलनसम्बन्धी प्रयोजनको लागि शनिबार पनि बैंकहरुको शाखा खोल्न निर्देशन दिएको हो ।
नेपाल सरकारको राजस्व बुझ्ने प्रयोजनको लागि यही पुुस २५ गते शनिबारका दिन नेपाल राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण राजस्व संकलन गर्ने शाखाहरु एवं बैंकको क्लियरिङसम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस खुल्ला गर्नुपर्ने परिपत्रमा भनिएको छ । पुस २५ गते शनिबार नेपाल सरकारको राजस्व संकलन गर्ने प्रयोजनको लागि आरटीजीएस प्रणालीमा नर्मल बिजनेस डे सञ्चालन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
- सुनको मूल्य आज एक लाख ६७ हजार दुई सय कायम
- ‘सबैको पहुँचमा शुद्ध र स्वच्छ खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व’
- आज प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिने
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया