Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहेमबहादुर मल्ल सम्मान डा.गौरीशंकरलाई दिइने

हेमबहादुर मल्ल सम्मान डा.गौरीशंकरलाई दिइने


काठमाडौं ।
वि.सं. २०७५ सालको हेमबहादुर मल्ल सम्मान डा. गौरीशंकर लाल दासलाई प्रदान गरिने भएको छ । शुक्रबार साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यकक्षमा कर्पोरेसन र नेपाल जनप्रशासन संघले एक कार्यक्रम गरी उक्त घोषणा गरेका हुन् । पूर्वमन्त्री माधव पौडेलको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय समितिले डा. दासलाई सम्मान प्रदान गर्ने भनी छनौट गरेको हो ।

उक्त कमिटीमा पूर्वमन्त्री पौडेलका अलावा साल्ट ट्रेडिङ कर्पोरेसनको अध्यक्ष लक्ष्मीदास मानन्धर, नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि बास्कोटा, पूर्वसचिव जीवन प्रभा लामा र पूर्वसचिव पुण्य प्रसाद न्यौपाने रहेको छनौट कमिटीले सम्मानका लागि डा. दासको नाम छनौट गरेको हो ।

डा. दासलाई प्रदान गरिने सम्मान घोषणा कार्यक्रमका सहभागीहरुलाई साल्ट ट्रेड्रिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले स्वागत गरेकी थिइन् । नेपाल जनप्रशासन संघका महासचिव रामशरण चिमौरियाले समारोहलाई सम्बोधन गर्दै अध्यक्ष कृष्णहरि बाँँस्कोटाले डा. दासलाई हेम बहादुर मल्ल सम्मान प्रदान गर्ने घोषणा गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया