Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा पदाधिकारी चयन

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा पदाधिकारी चयन


काठमाडौं ।
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको पदाधिकारी चयन गरिएको छ । टीआईको नवनिर्वाचीत अध्यक्ष पद्मिनी प्रधानाङ्गको अध्यक्षतामा शुक्रबार बसेको कार्यसमितिको २६७औँ बैठकले संस्थाको उपाध्यक्षमा बुद्धिनारायण श्रेष्ठ, महासचिवमा मुकुन्द बहादुर प्रधान र कोषाध्यक्षमा किरण थापालाई चयन गरेको हो ।

संस्थाको पुस २० गते सम्पन्न साधारणसभाबाट चुनिएका अध्यक्ष प्रधानाङ्ग लगायत नौ कार्यसमिति सदस्यहरुबाट पदाधिकारी चयन गरिएको हो । साथै संस्थाको सदस्यहरुमा डा. सागरराज शर्मा, सुरेन्द्रवीर मालाकार, कृष्ण ज्ञवाली, आर्या श्रेष्ठ र मदनकृष्ण शर्मा रहेका छन् ।

कार्यसमितिद्वारा महासचिव मुकुन्द बहादुर प्रधानलाई प्रवक्ता र सदस्य कृष्ण ज्ञवालीलाई सह–प्रवक्ता पनि तोकिएको छ । नयाँ कार्यसमितिले निवर्तमान अध्यक्ष र कार्यसमितिलाई धन्यवाद दिदै नयाँ परिवेशलाई मध्यनजर गर्दै आगामी दिनमा संस्थाको रणनीतिक दिशामा नयाँपन ल्याउनेबारे पनि छलफल गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया