Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहासंघ र आईएलओबीच सहकार्यबारे छलफल

महासंघ र आईएलओबीच सहकार्यबारे छलफल


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय श्रम संगठनबीच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघई र नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठनका देशीय निर्देशक रिचार्ड हवार्डबीच सोमबार महासंघ सचिवालयमा कोभिडपश्चात् नेपालको अर्थतन्त्र, रोजगारी, उद्योग व्यवसायको अवस्थाका विषयमा विस्तृत छलफल भएको हो । छलफलमा साना तथा मझौला उद्यम व्यवसायलाई पुनरूत्थान गर्ने कार्यमा महासंघ र आईएलओबीच हुनसक्ने सहकार्यका विषयमा पनि छलफल भएको थियो ।

महासंघका अध्यक्ष गोल्छाले नेपालको आर्थिक विकास, श्रम सम्बन्ध सुधारमा आईएलओले गरेको सहयोगको प्रशंसा समेत गरेका थिए । अध्यक्ष गोल्छाले मुलुकभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई निजी क्षेत्रले अत्यन्त संवेदनशील भई हेरेको र कोभिडबाट प्रभावित उद्योग व्यवसाय पर्यटन सहित साना तथा मझौला उद्यम व्यवसायको पुनरूत्थानका लागि रोजगारी सृजनासहितको निश्चित लक्ष्य लिई भिजन पेपर तयारी गरिरहेको जानकारी गराए । साथै अध्यक्षले सामाजिक सौदावाजीका विषयमा उद्योग प्रतिष्ठानलाई सहयोग पु¥याउन लिगल हेल्प डेस्क अवधारणाबारे छलफल गर्दै सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा देखिएका व्यावहारिक कठिनाइका विषयमा जानकारी गराएका थिए ।

छलफलमा देशीय निर्देशक हवार्डले निजी क्षेत्रको प्रवर्द्धन, रोजगारी र श्रम ऐन तथा सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा नीतिगत सुधार एवं प्राविधिक सहयोग उपलव्ध गराउन आईएलओ तयार रहेको विश्वास दिलाए । कार्यक्रममा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, कार्यकारिणी समितिका सदस्य प्रबलजंग पाण्डे, महासंघका वरिष्ठ विज्ञ हंसराम पाण्डे, उपमहानिर्देशक गोकर्ण अवस्थी र आईएलओका वरिष्ठ अधिकृत प्रकाश शर्माको उपस्थिति थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया