Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल आयल निगमले २० प्रतिशत लाभांश दिने

नेपाल आयल निगमले २० प्रतिशत लाभांश दिने


काठमाडौं ।
नेपाल आयल निगमले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत नगद लाभाश दिने भएको छ । निगमको केन्द्रीय कार्यालय बबरमहलमा भएको ३९औँ वार्षिक साधारणसभामा सो प्रस्ताव पारित भएको हो । साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को नेपाल फाइनान्स रिपोर्टिङ स्ट्यान्डर्डअनुसार तयार पारिएको लेखापरीक्षणका वित्तीय विवरणहरु पारित गरेको छ । साथै निगमका अध्यक्षबाट प्रस्तुत गरिएको निगमको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन समेत धन्यवादसहित पारित गरेको छ ।

वित्तीय विवरणअनुसार निगमले गत आर्थिक वर्षमा १२,९१,४८,४३,९८१ खुद नाफा गरेको छ । कम्पनी ऐनले तोकेको समयमा नै साधारणसभा सम्पन्न गर्न सहयोग गर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, राज्यमन्त्री बिमला वि.क. मन्त्रालय सचिव तथा निगम अध्यक्ष सचिव डा. वैकुण्ठ अर्याल सेयरधनी, सञ्चालक समितिका सदस्य, लेखापरीक्षक, कर्मचारी तथा व्यवसायी सबैलाई निगमले आभार प्रकट गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया