Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजेन्द्र शाक्य र बलराम उप्रेतीद्वारा स्युचाटारको जिसाको हाउजिङ कब्जा

राजेन्द्र शाक्य र बलराम उप्रेतीद्वारा स्युचाटारको जिसाको हाउजिङ कब्जा


काठमाडौं ।
स्युचाटारको २७ नम्बर कित्तामा रहेको ५४ रोपनी ११ आना २ पैसा जग्गामा जिसाको हाउजिङ डेभलपमेन्ट एण्ड कन्स्ट्रक्सन प्रालिले सञ्चालन गर्ने क्रममा व्यावहारिक समस्या परेपछि बाराका जग्गा व्यवसायी बलराम प्रसाद उप्रेती र सिन्धुुपाल्चोकका रमेशप्रसाद श्रेष्ठ भनिने देवी बहादुुर श्रेष्ठसँग बैंक कर्जा ११ करोड रुपैयाँ तिरेर आधा आधा हिस्सेदारको हैसियतमा हाउजिङ गरी बिक्री गर्ने भनी करारनामा गरे ।

करारनामा गरेका जितेन्द्र बहादुर श्रेष्ठ अहिले आफ्नो भाग आधा हिस्सा दिलाइपाऊँ भनी अदालत पुुगेका छन् । अदालतले आधा हिस्सा पाउने फैसला गरिसक्दा पनि आफ्नो सम्पत्ति नपाएर उनीहरु रन्थनिएका हुन् ।

जितेन्द्रले २०७३ जेठ ३२ गते बलराम प्रसाद र देवी बहादुरसँग करारनामा गरेका थिए । तर अन्तिम चरणमा देवी बहादुरले करारनामामा हस्ताक्षर गरेका थिएनन् । देवी बहादुर हाल शंखमूल बस्ने सिन्धुुपाल्चोक माङखा १ का बासिन्दा हुुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठका भाइ हुुन् । र उनलाई बोलीचालीमा रमेश श्रेष्ठ भनिने गरिएको छ । उनी खिचापोखरीमा रहेको पिपुल्स प्लाजासँग सम्बन्धित व्यक्ति हुुन् ।

करारनामापछि त्यसै दिन जितेन्द्र बहादुरले जिसाको हाउजिङको सेयर बलराम र लक्ष्मी पौडेलको नाममा नामसारी गरिदिएका थिए । एमओयूमा गरिएको सहमतिअनुसार करारनामामा देवी बहादुरलाई हस्ताक्षर नगराइएपछि नै जालसाजी सुरु भएको थियो । सेयर हस्तान्तरणपछि उप्रेतीले राजेन्द्र शाक्यलाई साधारणसभामा सहभागी गराए । त्यसको केही समयमा नै लक्ष्मी पौडेलको नाममा भएको सेयर राजेन्द्र शाक्यको नाममा हस्तान्तरण गरेका थिए ।

हाउजिङको आधा हिस्सा हिस्सेदार श्रेष्ठलाई थाहै नदिई कम्पनीको सेयर शाक्यलाई हस्तान्तरण मात्र गरिएन, उनको छोरा दिप्रश शाक्यको नाममा केही जमिन नामसारी समेत गरिएको थियो । राजेन्द्र शाक्य टाट उल्टेको गुुण समूहको सञ्चालक हुुन् । उनको प्रवेशपछि करारनामाको मतलब नै नगरी बलराम उप्रेतीले जिसाको हाउजिङको सबै सम्पत्ति कब्जा गरी आफूखुसी मनोमानी गरेको थाहा भएको छ ।

अहिले जितेन्द्र बहादुर श्रेष्ठले ५४ रोपनी ११ आना २ पैसा जमिनमा खोलेको जिसाको हाउजिङको जमिनमध्ये होटल मखमली प्रालिको नाममा नामसारी भएको छ भने त्यसपछिको धेरै जमिन नेपाल जनरल मार्केटिङ प्रालिको नाममा गरेको छ । बाँकी जमिनमध्ये केही जमिन दिप्रश शाक्य, पञ्चराम शाक्य र राजेन्द्र शाक्यको नाममा गरेको देखिएको छ ।

जग्गा नामसारी गरेर राख्ने दिप्रश शाक्य उही टाट उल्टेको गुण समूहका सञ्चालक राजेन्द्र शाक्यका छोरा हुुन् । त्यही हाउजिङको रकम खर्चेर बलराम उप्रेतीको नाममा केही जमिन राखिएको छ तर जसको हाउजिङ र जग्गा हो उसको नाममा केही पनि रहेको छैन र सबै जमिन राजेन्द्र शाक्य र बलराम उप्रेतीले मिलेर आफ्नो तजबिजीमा बिक्रीवितरण र नामसारी गरेर खाएका छन् ।

करारनामामा गरेर त्यसको कुुनै शर्त पनि पालना नगरी जितेन्द्र बहादुर श्रेष्ठको सम्पत्ति लुटेर बिक्रीवितरण गर्ने शाक्य र उप्रेतीको हाँकोडाँको अझै बढ्दै गएको छ । पहिला २७ कित्ता भएको जग्गा फुटाएर २९ कित्ता बनाई शाक्य र उप्रेतीले जितेन्द्र श्रेष्ठको सम्पत्ति बिक्रीवितरण गरेर मनपरी गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया