Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयरबजार निरन्तर उकाओ यात्रामा

सेयरबजार निरन्तर उकाओ यात्रामा

परिसूचक २२ सय ८६ अंकमा


काठमाडौं ।
लगानीकर्ताको चासोसँगै सेयरबजार परिसूचक उकालो लागेको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक १८ दशमलव ८१ अंकले उकालो लागेर २२ सय ८६ दशमलव ५४ अंकमा पुगेको छ । बुधबार ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९७ अंकले उकालो लागेर चार सय ३५ दशमलव २५ अंकमा पुगेको छ ।

बुधबार १२ वटा उपसमूहअन्तर्गत दुई सय सातवटा कम्पनीहरूको कारोबार भएका छन् । जसबाट ५० हजार नौ सय ५० वटा कम्पनीहरूको एक करोड ३२ लाख ८९ हजार आठ सय ४९ कित्ता सेयर किनबेच भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कारोबार रकम पाँच अर्ब ९१ करोड ४३ लाख ८९ हजार दुई सय ६१ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा बुधबार कारोबार भएका कुल उपसमूहमध्ये वाणिज्य बैंक समूहको सूचक तीन दशमलव १५ अंकले ओरालो लागेर १७ सय ३४ दशमलव ५५ अंकमा झरेकोमा होटल समूहको सूचक पनि पाँच दशमलव ३८ अंकले ओरालो लागेर १९ सय २५ दशमलव १९ अंकमा झरेको छ । यीबाहेक विकास बैंक समूहको सूचक भने ३० दशमलव ७९ अंकले उकालो लागेर २३ सय ८७ दशमलव छ अंकमा चढेकोमा जलविद्युत् समूहको सूचक पनि ३० दशमलव दुई अंकले उकालो लागेर १७ सय ८३ दशमलव ३३ अंकमा चढेकोे छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि एक सय ११ दशमलव १५ अंकले उकालो लागेर १० हजार छ सय ७६ दशमलव ८१ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ६९ दशमलव ७७ अंकले उकालो लागेर १४ हजार छ सय ५३ दशमलव एक अंकमा चढेको छ ।

यीबाहेक ट्रेडिङ, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहको सूचकहरू पनि क्रमशः नौ दशमलव पाँच, ४५ दशमलव आठ, दुुई सय ४२ दशमलव ५२, १२ दशमलव नौ, ९६ दशमलव ४९ र शून्य दशमलव शून्य सात अंकले उकालो लागेका छन् । यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको कर्पोरेट डेभपलमेन्ट बैंकको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर तीन सय ४१ रुपैयाँमा किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि नौ दशमलव ९९ प्रतिशतले बढेर एक हजार ७९ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, एनएमबी माइक्रोफाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको मल्टीपर्पस फाइनान्सको सेयर मूल्य चार दशमलव ७१ प्रतिशतले घटेर एक सय ६२ रुपैयाँमा किनबेच भएको छ ।

दोस्रो स्थानमा परेको महिला सहयात्रा लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पनि तीन दशमलव ८२ प्रतिशतले घटेर नौ सय ५७ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेपाल एसबिआई बैंक, सिभिल बैंक आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल टेलिकमको सबैभन्दा बढी रकम कारोबार भएको छ । टेलिकमको प्रतिकित्ता १२ सय ६३ रुपैयाँ अन्तिम मूल्यमा २६ करोड ५५ लाख २४ हजार नौ सय ४० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको पनि प्रतिकित्ता १५ सय ५१ रुपैयाँ अन्तिम मूल्यमा २० करोड ७२ लाख ५५ हजार एक सय रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, प्राइम कमर्सियल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया