Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैना जितेन्द्रको, जग्गा बलरामको

बैना जितेन्द्रको, जग्गा बलरामको


काठमाडौं ।
जिसाको हाउजिङसँगै जोडिएको ४६ आना जमिन पनि जिसाको हाउजिङको मालिक जितेन्द्र बहादुर श्रेष्ठलाई नै लगानी गर्न लगाई बाराका जग्गा व्यवसायी बलराम प्रसाद उप्रेतीले आफ्नो नाममा पास गर्न लगाएको पाइएको छ ।

सिँगै जिसाको हाउजिङ लुुटेर खान सफल भएका उप्रेतीले जितेन्द्रलाई हाउजिङ सञ्चालनसम्बन्धी करारनामा गरेपछि १३ लाख मूल्यको एउटा गाडीसहित ५७ लाख रुपैयाँ दिएको र ४६ आना जमिनलाई जितेन्द्रसँग भएको त्यही ३० लाख रुपैयाँ बैना दिइएको थियो ।

उप्रेतीले जितेन्द्रलाई रकम दिएजस्तो गरी त्यही रकम बैना मार्न लगाएर आफ्नो नाममा राखेको जितेन्द्र श्रेष्ठले बताएका छन् । जिसाको हाउजिङको नाउँमा राखिनुपर्ने उक्त जग्गा उप्रेतीले झुक्याएर आफ्नो नाउँमा राखेका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया