सुरेश राउत
काठमाडौं, पुस २१
रियलस्टेट अर्थात् घरजग्गा क्षेत्रमा बैंकहरुको कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकका अनुुसार चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा बैंक तथा बित्तीय संस्थाहरुले रियलस्टेट क्षेत्रमा मात्र कुुल एक खर्ब ५७ अर्ब १२ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा फाइनान्स कम्पनीहरुको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनअनुुसार सञ्चालनमा रहेका २८ वटा विकास बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २५ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरुले यही कात्तिक मसान्तसम्ममा उक्त परिमारणमा कर्जा प्रवाह गरेका हुुन् ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुुल निक्षेप तथा कर्जा रकम भने क्रमशः ३४ खर्ब ४४ अर्ब ८३ करोड ६० लाख र ३० खर्र्ब ५१ अर्ब ४४ करोड ६० लाख रुपैयाँ रहेको छ । चालू आवको पछिल्लो चार महिनामा वाणिज्य बैंकहरुले मात्र कुुल २९ खर्ब ७४ अर्ब ३४ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी २६ खर्ब ४३ अर्ब १२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सोमध्ये रियलस्टेट क्षेत्रमा मात्र प्रवाह भएको कर्जा रकम एक खर्ब २९ अर्ब ७१ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसैगरी विकास बैंकहरुले पनि सो अवधिमा तीन खर्ब ९० अर्ब ४९ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ३६ अर्ब ९७ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सोमध्ये रियलस्टेट क्षेत्रमा मात्र प्रवाह भएको कर्जा रकम २० अर्ब ३२ करोड २० लाख रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार फाइनान्सहरुले भने चालू आवको पछिल्लो चार महिनामा ७९ अर्ब १० लाख रुपैयाँ निक्षेप संंकलन गरी ७१ अर्ब ३४ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सोमध्ये रियलस्टेट क्षेत्रमा मात्र प्रवाह भएको कर्जा रकम भने फाइनान्स कम्पनीहरुमा दुुई अर्ब १३ करोड ९० लाख रुपैयाँ रहेको थियो ।
गत आवको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले रियलस्टेट क्षेत्रमा कुुल एक खर्ब ४८ अर्ब २२ करोड आठ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त अवधिमा बैंकिङ क्षेत्रको कुुल निक्षेप २९ खर्ब ५२ अर्ब ५२ करोड ८२ लाख ५० हजार रुपैयाँ रहेको थियो भने कुुल कर्जा रकम २६ खर्ब २१ अर्ब ३२ करोड ९१ लाख ८० हजार रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार उक्त अवधिमा वाणिज्य बैंकहरुले मात्र २५ खर्ब ६६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ खर्ब ८० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सोमध्ये रियलस्टेट क्षेत्रमा मात्र प्रवाह भएको कर्जा रकम एक खर्ब १९ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ रहेको थियो । यसैगरी विकास बैंकहरुले पनि गत आवको चार महिनामा तीन खर्ब १९ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी दुुई खर्ब ३१ अर्ब १६ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त कर्जामध्ये रियलस्टेट क्षेत्रमा मात्र प्रवाह भएको कर्जा रकम २१ अर्ब ४१ करोड ६८ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
फाइनान्स कम्पनीहरुले भने गत आवको चार महिनामा ६५ अर्ब ९९ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरी ६० अर्ब आठ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त कर्जामध्ये रियलस्टेट क्षेत्रमा मात्र प्रवाह भएको कुुल कर्जा रकम सात अर्ब आठ करोड ७७ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
बैंक तथा फाइनान्स कम्पनीहरुले रियलस्टेट क्षेत्रमा प्रवाह गरेको कर्जा (रु. १० लाखमा)
बिवरण २०७६ कात्तिक मसान्त २०७५ कात्तिक मसान्त
कुल निक्षेप ३४४४८३६ २९५२५२८.२५
कुुल कर्जा ३०५१४४६ २६२१३२९.१८
रियलस्टेट कर्जा १५७१२१ १४८२२०.८६
चालू आवको चार महिनामा रियलस्टेट क्षेत्रमा प्रवाह भएको कर्जा (रकम १० लाखमा)
विवरण वाणिज्य बैंक विकास बैंक फाइनान्स कुुल
निक्षेप २९७४३४३ ३९०४९२ ७९००१ ३४४४८३६
कर्जा २६४३१२९ ३३६९७३ ७१३४४ ३०५१४४६
रियलस्टेट १२९७१० २०३२२ ७०८९ १५७१२१
(स्रोत : नेपाल राष्ट्र बैंक) (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
- सरकारी खर्चको वर्तमान अवस्था र स्थिति
- नेपालमा नबढेको चिनियाँ पर्यटकको संख्या
- द्वन्द्वपीडितका घाउचोटको छिटो उपचार गर
- राष्ट्रिय गौरवका आयोजनाका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
- बैंकहरूलाई चुनौतीपूर्ण बन्दै निष्क्रिय कर्जा
- धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा
- सुन र चाँदीको भन्सार दर घट्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया