काठमाडौँ ।
नेपालको वैदेशिक व्यापारमा सुधार देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुरुप आयातमा कमी र निर्यातमा वृद्धिसँगै मुलुकको वैदेशिक व्यापारमा सुधार देखिएको हो । चालू आर्थिक वर्षको छ महिनाको अवधिमा पाँच प्रतिशतले आयातमा कमी तथा छ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।
विभागका तथ्यांकअनुरुप चालू आवको छ महिनाको अवधिमा छ खर्ब ६१ अर्ब २४ करोड तथा गत आवको सोही अवधि अर्थात् समीक्षा अवधिमा भने छ खर्ब ९४ अर्ब ६९ करोडको सामग्री आयात भएको थियो ।
यस्तै निर्यातमा भएको वृद्धिमा भने चालू आवको समीक्षा अवधिमा ६० अर्ब ७९ करोड तथा गत आवको सोही अविधमा भने ५७ अर्ब २७ करोड मूल्यबराबरको सामग्री निर्यात भएको थियो । यस्तै व्यापारघाटामा भने छ प्रतिशतले कमी अर्थात् चालू आवमा छ खर्ब ४४ करोडमा सीमित रहेको छ । गत आवको सोही अवधिमा भने मुलुकको व्यापार घाटा छ खर्ब ३७ अर्ब रहेको थियो ।
यस्तै वैदेशिक व्यापारमा भने चार प्रतिशतले कमी आएको छ । चालू आवको छ महिनामा सात खर्ब २२ अर्ब तथा गत आवको सोही समयमा भने सात खर्ब ५१ अर्ब वैदेशिक व्यापार रहेको थियो । वैदेशिक व्यापारअन्तर्गत निर्यातको हिस्सा आठ प्रतिशत तथा आयातको हिस्सा ९२ प्रतिशत छ ।
आयात गरिने मुख्य वस्तुमा भने पेट्रोलियम पदार्थ, महँगो हवाइ तथा सवारीसाधनका पार्टपुर्जा रहेको छ भने समीक्षा अवधिमा १२ अर्ब ९६ करोड मूल्यबराबरको पेट्रोल तथा ३२ अर्ब ९३ करोडको डिजेल आयात गरिएको छ ।
यस्तै आयातमार्फत एक खर्ब ८७ अर्ब राजस्व संकलन गरेको छ । नेपालबाट निर्यात हुने मुख्य वस्तुहरुमा गलैँचा, चिया कफी, कपासबाट बनेका धागो, तयारी कपडा, तरकारी तथा फलफूल र सुपारी, फलाम तथा स्टिल, हस्तनिर्मित राडीपाखी, टेक्सटाइल तथा थान्का कपडा, खाद्य तथा पशुदाना र भेजिटेलब फाइबर तथा हातेकागज रहेको पाइन्छ भने आयातमा गरिनेमा भने पेट्रोलियम पदार्थका साथै फलाम तथा स्टिल, मेसिनरी पार्टपुर्जा खाद्यान्न तथा तरकारीलगायतका सामग्री रहेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया