Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुनचाँदीमा मात्र बैंक तथा फाइनान्सको ३८ अर्ब २० करोड रुपैयाँ कर्जा

सुनचाँदीमा मात्र बैंक तथा फाइनान्सको ३८ अर्ब २० करोड रुपैयाँ कर्जा


काठमाडौं ।
बैंक तथा फाइनान्स कम्पनीहरुले सुनचाँदी शीर्षकमा मात्र ३८ अर्ब २० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २१ वटा फाइनान्स कम्पनीहरुले सुनचाँदी शीर्षकमा उक्त परिमाणमा कर्जा प्रवाह गरेका हुुन् ।

‘यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले कुल ४१ खर्ब ९० अर्ब ७१ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ३५ खर्ब १८ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए’, राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले मात्र चालू आवको मंसिर मसान्तसम्ममा ३७ खर्ब ११ अर्ब ४९ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी ३१ खर्ब १९ अर्ब ९७ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जामध्ये सुनचाँदी धितोमा मात्र प्रवाह भएको कुल कर्जा रकम ३३ अर्ब ९१ करोड ७० लाख रुपैयाँ रहेको छ ।

विकास बैंकहरुले भने चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाको अवधिमा तीन खर्ब ८२ अर्ब ३९ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब २१ अर्ब ५३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त कर्जामध्ये सुनचाँदी धितो शीर्षकमा मात्र प्रवाह भएको कुुल कर्जा रकम भने तीन अर्ब ३३ करोड २० लाख रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले भने चालू आवको पछिल्लो पाँच महिनाको अवधिमा ९६ अर्ब ८२ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी ७६ अर्ब ९२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सुनचाँदी धितोमा मात्र ९५ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया