निर्वाचन आयोगलाई सात अर्ब स्वीकृत
एमसीसी अनुमोदन गर्ने कार्य तत्काल हुन्न :अर्थमन्त्री पौडेल
काठमाडौँ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वैशाख १७ र २७ गते गर्ने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगको मागअनुसार सात अर्ब रुपैयाँ बजेटको स्रोत सुनिश्चित गर्ने काम भएको बताएका छन् । चालू आर्थिक वर्ष २०७७÷०७८ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्न मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले उक्त जानकारी दिएका हुन् ।
यस्तै, अर्थमन्त्री पौडेलले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको अनुमोदन तत्काल टरेको भन्दै निर्वाचित भएर आउने प्रतिनिधिसभाको मात्र उक्त एजेण्डा रहने प्रष्ट पारेका छन् । ‘एमसीसी अब तत्काल अनुमोदन हुँदैन । निर्वाचनबाट आउने नयाँ संसद्को एजेण्डा एमसीसी हुनेछ’, पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले भने ।
एमसीसी पास गर्ने वा नगर्ने भन्ने विषयमा नेकपाभित्र विवाद हुँदा २०७४ सालमा निर्वाचित संसद्ले सकेन । सत्तारुढ नेकपामा विवाद भएको कारण उक्त विषयले संसद्मा प्रवेश नै पाएन । यद्यपि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने एमसीसी पास गर्नुपर्ने पक्षमा रहेको थियो । उसले सरकारलाई उक्त प्रस्ताव संसद्मा ल्याउन पटकपटक आग्रह गर्दै आएको थियो । अहिले सत्तारुढ दल विभाजित भएको छ भने प्रतिनिधिसभा पनि विघटन भएको छ । त्यही कारण उक्त विषयले तत्काल संसद्मा प्रवेश पाउनेछैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया