बैैंकिङ कसुरका फरार प्रतिवादी श्रेष्ठ जेल चलान
काठमाडौं ।
बैकिङ कसुरकी फरार प्रतिवादी सुशीला श्रेष्ठ जेल चलान भएकी छिन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले श्रेष्ठलाई यही माघ २७ गते मंगलबार काठमाडौंको शान्तिनगरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि बुधबार जगन्नाथदेवल कारागार पठाएको हो ।
सीआईबीका अनुसार आसमान तामाङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुशीला श्रेष्ठ भएको बैंकिङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ साउन १४ गतेको फैसलाले चितवन भरतपुर २ बाट नागरिकता प्रमाणपत्र प्राप्त गरी जिल्ला नवलपरासी रहजर गा.वि.स. वडा नं. ९ बाट बसाइसराइ गरी हाल जिल्ला काठमाडौं बूढानीलकण्ठ न.पा. ७ बस्ने वर्ष ४८ की श्रेष्ठलाई पाँच दिन कैद र सात लाख रूपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।
उक्त सजाय बेरुजु रही फरार रहेकी उनलाई पनि यही माघ २७ गते बेलुका शान्तिनगर, काठमाडौंबाट पक्राउ गरी चितवन जिल्ला अदालतको आदेशबमोजिम कैद भुक्तानको लागि बुुधबार कारागार कार्यालय जगन्नाथदेवलमा पठाइएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया