सात सय ४९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा
ताप्लेजुङको मिक्वाखोला, धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको काँडा गाउँपालिकामा बैंक स्थापना हुन बाँकी
काठमाडौं ।
सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूले सात सय ४९ स्थानीय तहमा शाखा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको छ महिनाको विस्तृत प्रतिवेदनअनुसार सातवटा प्रदेशका सात सय ५३ स्थानीय तहमध्ये अब वाणिज्य बैंकहरूको शाखा पुग्न बाँकी रहेको स्थानीय तहको संख्या चार मात्र रहेको छ । जसमध्ये ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका, धादिङ जिल्लाको रुवीभ्याली, जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका र बझाङ जिल्लाको काँडा गाउँपालिका समेत गरी चारवटा जिल्लाका चार स्थानीय तहमा वाणिज्य बैंकहरूको शाखा पुग्न बाँकी देखिएको छ ।
राष्ट्र बैंकका अनुुसार बैंक तथा वित्तीय संस्थाहरूको कुुल संख्या भने यस अवधिमा एक सय ४४ कायम भएको छ । सोअनुुरूप २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक, २१ वटा फाइनान्स कम्पनी, ७६ वटा लघुुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७७ पुस मसान्तसम्ममा कुल दुुई सय १३ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् । यसमध्ये एक सय ५१ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ५२ वटा संस्था मात्र कायम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखा संख्या भने १० हजार एक सय ८७ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूको कुल शाखा संख्या चार हजार छ सय १३ वटा, विकास बैंकहरूको एक हजार ४८ वटा, फाइनान्स कम्पनीहरूको दुई सय ५४ वटा र लघुुवित्त वित्तीय संस्थाहरूको चार हजार दुई सय ७२ वटा शाखाहरू सञ्चालनमा रहेका छन् । राष्ट्र बैंकका अनुसार यसअघि अर्थात् २०७६ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखा संख्या आठ हजार छ सय ८६ रहेको थियो भने २०७७ असार मसान्तमा यस्तो संख्या नौ हजार सात सय ६५ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार २०७७ को पुस मसान्तसम्ममा प्रदेश नम्बर एकमा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा बैंकहरूको शाखा पुगेको छ । प्रदेश नम्बर दुईमा पनि एक सय ३६ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा नै बैंकहरूको शाखा पुगेको छ । वाग्मती प्रदेशमा एक सय १९ स्थानीय तह रहेकोमा एक सय १८ स्थानीय तहमा बैंकहरूको शाखा पुगेको छ ।
यसैगरी गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकोमा ८५ स्थानीय तहमा बैंकहरूको शाखा पुगेको छ । लुम्बिनी प्रदेशमा पनि एक सय नौ स्थानीय तह रहेकोमा एक सय नौस्थानीय तहमा नै बैंकहरूको शाखा पुगेको छ । यसैगरी कर्णाली प्रदेशमा ७९ स्थानीय तह रहेकोमा ७८ स्थानीय तहमा बैंकहरूको शाखा पुगेको छ । सदूरपश्चिम प्रदेशमा भने ८८ स्थानीय तह रहेकोमा ८७ स्थानीय तहरूमा बैंकहरूको शाखा पुगेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया