काँग्रेस दोलखाद्वारा संसद विघटनविरुद्ध चरिकोटमा बृहत विरोध प्रदर्शन
दोलखा,फागुन ३।
नेपाली काँग्रेस केन्द्रिय समितिको निर्णय बमोजिम नेपाली काँग्रेस दोलखाले संसद विघटन विरुद्ध चरिकोटमा बृहत प्रदर्शन गरेको छ ।
सदरमुकाम चरिकोटमा आयोजना गरिएको विरोध प्रदर्शनको मुख्य वक्ता नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे थिए ।
विरोध सभालाई सम्बोधन गर्दै घिमिरेले केपी ओलि र दोलखाका मन्त्री पार्वत गुरुङ अब दोलखामा पुरानो पात भएको बताए । दोलखाली जनताले अत्यधिक बहुमत दिएर सरकारमा पठाएका मन्त्री गुरुङले दोलखाली जनताको लागी केहि गर्न नसकेको हुँदा अब गुरुङ दोलखामा झर्न लागेको पुरानो पात मात्र भएको उनको भनाई थियो । प्रधानमन्त्री ओलिले बैशाखमा कुनैपनि हालत चुनाव गर्न नसक्ने उनले दावी गरे । त्यसैगरी नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य जिपछिरीङ लामाले प्रधानमन्त्री ओलिले संविधानलाई कुल्चिएर एक्लै चल्न खोजेको आरोप लगाए । १० महिना देखी घरमा बसेर सिङ्गो मुलुक चलाएको भन्दै ओलीले देश विगार्ने काम मात्र गरेको लामाले बताए । आफुले निर्माण गरिरहेको चरिकोट–जिरी सडक तोकेको समयमै सम्पन्न गर्ने जानकारी लामाले उक्त अवसरमा दिए ।
विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस दोलखाका पार्टी सभापति रुद्र बहादुर खड्काले तानाशाही ओलिले देशमा भ्रष्टाचार तथा बलात्कारका घटना दिनप्रतिदिन बढीरहदा पनि केहिगर्न नसकेको बताए । ओलिका कार्यकर्ताले उनकोआडमा खुल्लेआम भ्रष्टाचार गर्ने गरेको खड्काको भनाई थियो । बिरोध सभालाई नेपाली काँग्रेसका पुर्व पार्टी सभापति ताराबहादुर कोइराला,देवि प्रसाद न्यौपाने, काँग्रेस नेताहरु, इश्वर नारायण मानन्धर, बर्मा लामा,गिता शिवाकोटी, पार्टी सचीव बालकृष्ण आचार्य, तरुण दल अध्यक्ष दावासाङे शेर्पा, काँग्रेस युवा नेता महेश काफ्ले लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा नेकपाका विभिन्न गुट परित्याग गरी करिब ३ दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रबेशी हरुको तर्फबाट बोल्दै बैतेश्वर गाउँपालिका वडानम्बर ३ का नेकपाका जीवन दाहालले १५ वर्ष देखी बुबा लागेको पार्टीले घिनलाग्दो हर्कत गरेकाले बुबाको पार्टी छोडेर हजुरबुबाको पार्टीमा आएको बताएका थिए ।
क्याटेगोरी : बिबिध, समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया