मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि आकाशियो सेयरबजार
परिसूचक २५ सय ८६ अंकमा, ९२ अंकले बढ्दा १० अर्ब ३८ करोडको कारोबार
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गर्दै चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने चर्चा यसअघि लगानीकर्ताहरुमाझ चलेको थियो । सोही कारण पनि हुनसक्छ – मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक हुने दिन अर्थात् भनौँ फागुुन २ गते आइतबार लगानीकर्ताहरु ‘पर्ख र हेर’को अवस्थामा रहे । उक्त दिन सेयरबजार परिसूचक एवं कारोबार रकम दुवै ओरालो लाग्यो । उक्त दिन अर्थात् आइतबार राष्ट्र बैंकले ढिलो गरी साँझ ७ः३० बजेतिर मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक ग-यो ।
समीक्षामा अनिवार्य नगद, मौज्दात, सेयर धितो कर्जालगायतका सबैजसो व्यवस्थाहरु पुरानै रहेका थिए । राष्ट्र बैंकले सेयर धितो कर्जामा कुुनै कडाइ नगरेका कारण पनि हुुनसक्छ– मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा घोषणा भएको दोस्रो कारोबार दिन नेप्से सूचक तथा कारोबार रकम दुवै आकाशिए । अघिल्लो दिन ३३ दशमलव ३३ अंकले ओरालो लागेको बजार परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार ९२ दशमलव ४२ अंकले उकालो लागेर २५ सय ८६ दशमलव एक अंकमा चढ्यो ।
क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव ३३ अंकले उकालो लागेर चार सय ६९ दशमलव ४४ अंकमा चढ्यो । यसदिन कुल १२ वटा उपसमूहअन्तर्गत दुई सय पाँचवटा कम्पनीहरुको सेयर कारोबार भए । ६८ हजार तीन सय १९ पटकको कारोबारमा दुई करोड २४ लाख ४७ हजार एक सय ५७ कित्ता सेय खरिदबिक्री भए । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कारोबार रकम भने यसदिन १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार छ सय ६९ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सोमबार कारोबार भएका कुुल उपसमूहमध्ये १२ वटाको सूचक उकालो लाग्दा सेयरबजार पूरै हरियो भएको छ । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक ५७ दशमलव ३२ अंकले उकालो लागेर १८ सय ४५ दशमलव १० अंकमा चढेको छ भने विकास बैंक उपसमूहको सूचक पनि ४९ दशमलव ९१ अंकले उकालो लागेर २६ सय ६१ दशमलव ८० अंकमा चढेको छ । जलविद्युुत् उपसमूहको सूचक पनि ६४ दशमलव ४५ अंकले उकालो लागेर १९ सय ६३ दशमलव ८७ अंकमा चढेकोमा लघुुवित्त उपसमूहको सूचक पनि तीन सय ७० दशमलव तीन अंकले उकालो लागेर चार हजार छ सय पाँच दशमलव आठ अंकमा चढेकोे छ ।
यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि चार सय ४७ दशमलव ४४ अंकले उकालो लागेर १३ हजार चार सय १३ दशमलव ८७ अंकमा चढेकोमा जीवन बीमा उपसमूहको सूचक पनि छ सय ९७ दशमलव ९१ अंकले उकालो लागेर १८ हजार सात सय ५९ दशमलव ७९ अंकमा चढेकोे छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचकहरु पनि क्रमशः ७१ दशमलव छ, २४ दशमलव एक, ३४ दशमलव ७५, एक सय ५९ दशमलव ६६, ६१ दशमलव ६१ र शून्य दशमलव १८ अंकले उकालो लागेका छन् ।
यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर १६ सय ७२ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको फरवार्ड कम्युनिटी लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि १० प्रतिशतले बढेर ३२ सय ४५ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक स्वरोजगार लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने चार दशमलव तीन प्रतिशतले घटेर एक सय ४३ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सानिमा बैंक डिबेञ्चरको प्रतियुनिट सेयर मूल्य पनि एक दशमलव ९० प्रतिशतले घटेर एक हजार ३५ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक एनआईसी एशिया डिबेञ्चर, रैराङ हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन निर्धन उत्थान लघुुवित्तको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त संस्थाको प्रतिकित्ता १५ सय ९३ रुपैयाँ अन्तिम मूल्यमा ७० करोड ४८ लाख ४९ हजार नौ सय ४१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नबिल बैंकको पनि प्रतिकित्ता १३ सय २१ रुपैयाँ अन्तिम मूल्यमा ६८ करोड पाँच लाख १६ हजार चार सय ७१ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेको इन्स्योरेन्स कम्पनी, ग्लोबल आईएमई बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया