सहकारीले ठग्यो पूर्वउपराष्ट्रपतिदेखि पूर्वसचिवसम्मलाई
काठमाडौं । काठमाडौंको धुम्वाराही आनन्दनगरमा रहेको आनन्द नगर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र केही कर्मचारीको मिलेमतोमा पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वसचिव श्याम मैनालीसहित उच्च अधिकारीहरू नै ठगिएको पाइएको छ । पूर्वउपराष्ट्रपति झा र पूर्वसचिव मैनालीलगायत करिब १६ सयभन्दा बढी सर्वसाधारण सेयरधनी तथा बचतकर्ताको ५० करोडभन्दा बढी रकम हिनामिना भएको छ ।
ठगी गर्ने पूर्वसञ्चालक र व्यवस्थापकलाई दिएको रकम फिर्ता गर्न पटक–पटक अनुरोध गरी समय दिन्दा समेत भुक्तानी नगरेपछि सहकारी पीडितले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिएका छन् । २०६५ सालमा स्थापना भएको भएको सहकारीमा पूर्वउपराष्ट्रपति परमानन्द झा र पूर्वसचिव श्याम मैनाली समेतले बचत गरेका थिए ।
सहकारीमा भीभीआईपीको समेत बचत खाता रहेको भन्दै सहकारीले अन्य सर्वसाधारणबाट पनि करोडौँ बचत संकलन गरिएको थियो । त्यसपछि सञ्चालक र व्यवस्थापनको मिलेमतोमा ठगी भएको एक पीडितले बताए । ठगी भएको रकम कसको कति भन्ने खुलेको छैन । ‘टोलका स्थानीय मिलेर २०६५ सालमा सहकारी स्थापना गरिएको सहकारीले २०६८ सालबाट सहकारीको नेतृत्वमा रहेका सञ्चालक समिति र व्यवस्थापकले ठगी गर्ने नियतले गलत अडिट रिपोर्ट तयार गरेर मुनाफा बढी देखाउन सुरु गरेका थिए भने धेरै बचत संकलन गरेर ठगी गर्ने नियत राखेका थिए’, एक पीडितले भने । ‘सचिवज्यू र उपराष्ट्रपतिले पनि बचत गर्नुभएको छ । तपाईँहरु पनि पैसा राख्नुस् भनेपछि विश्वास गरेर सहकारीमा बचत ग-यौँ । तर २०७६ मा सहकारीमा बचत फिर्ता माग्न जाँदा सहकारीले विभिन्न बहानामा बचत फिर्ता गर्न आलटाल ग-यो सहकारी’, ती पीडितले भने ।
पूर्वउपराष्ट्रपति झा, पूर्वसचिव मैनाली, मानवअधिकारवादी, अधिवक्तालगायत नौ सय ९९ जना बचतकर्ता र छ सय ७९ जनाको सेयरधनीको ५० करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको भन्दै प्रहरीमा उजुरी हालेको उनले बताए । २०७६ देखि बचत फिर्ता नदिएको सहकारीको व्यवस्थापक फरार भई भारतमा पुगेका बेला पक्रेर लेराउँदा २०६८/०६९ बाट नै सञ्चालकहरु समेतको मिलेमतोमा ठगी गर्ने उद्देश्यले गलत अडिट रिपोर्ट बनाएर बढी मुनाफा कमाएको विवरण सेयरधनीलाई देखाउँदै लाभांश बाँड्दै आएको खुलेको पूर्वसचिव मैनालीले बताए । सञ्चालकहरुले माघ महिनाभित्र रकम फिर्ता गर्ने भनेर माइन्युट समेत गरेर पनि पैसा फिर्ता नगरेपछि सेयरधनीहरुले महानगरिय प्रहरी अपराध महाशाखामा उजुरी दिएर कानुनी प्रक्रिया सुरु गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
- २ किलो सुन सहित एक युवक पक्राउ
- दुर्गा प्रसाईंका समर्थकद्वारा कोटेश्वरमा प्रदर्शन
- वीरगञ्जबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, १७ जना घाइते
- बगेर खेर गइरहेछ भोटको नुन
- आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
- नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ: अर्थमन्त्री पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया