Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमाछापुुच्छ्रे बैंकको एटीएम फुुटाउँदै गर्दा पक्राउ

माछापुुच्छ्रे बैंकको एटीएम फुुटाउँदै गर्दा पक्राउ


काठमाडौं, पुस २७
एटीएम मेसिन फुुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त सिंहदरबाट खटिएको प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले जाजरकोटको त्रिवेणी नगरपालिका ६ घर भएका २४ वर्षीय तिलक खड्कालाई एटीएम मेसिन फोडिरहेको अवस्थामा शनिबार बिहान पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका २८ पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटीएमको माथिल्लो भागको स्क्रिन फुुटाउँदै गरेको अवस्थामा फेला पारी खड्कालाई महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

यसैगरी प्रहरीले गोसाईकुण्ड गाउँपालिका २ रसुवागढीबाट आमाछो दिङ्मो गाउँपालिका ४ गोल्जुङ बस्ने २२ वर्षीय कान्छा कुमार घलेलाई सात हजार अमेरिकी डलरसहित शनिबार बिहान पक्राउ गरेको छ । सीमा प्रहरी चौकी टिमुरे र सशस्त्र प्रहरी बल नेपाल गुल्म हे.क्वा.नं. २१ टिमुरेबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा नेपालबाट चीनतर्फ जान लागेका घलेलाई उक्त डलरसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x